नेपाली समय Loading...२०८१ बैशाख ७ शुक्रबार

चर्चामा छन् ओखलढुङ्गाका हरि अधिकारी

ओखलढुङ्गान्युज, भदौ १ ओखलढुङ्गा । ओखलढुङ्गामा अहिले चर्चाको पात्रको रुपमा छन् हरि अधिकारी । एसिया महादेशकै सवैभन्दा ठुलो एशियन गेम्सको प्रतियोगिताको १८ औँ संस्करण भदौ २ गतेबाट इन्डोनेसियामा सुरु हुदैछ । इन्डोनेसियाको राजधानी जाकार्तामा सुरु हुने एसीयन गेम्सको भलिबल तर्फको खेलमा नेपालले पनि सहभागीता जनाउने अवसर पाएको छ । यो प्रतियोगितामा नेपालले ३२ बर्षपछि सहभागीता जनाउने मौका पाएको हो । त्यस खेलको टिममा सहभागी छन् ओखलढुङ्गाका हरि अधिकारी ।

प्रतियोगीतामा सहभागी हुन जाने खेलाडीको भलिवल टोलीलाई राष्ट्रपती बिद्यादेबी भन्डारीले बिदाई गरिसक्नु भएको छ । प्रतियोगीतामा छनोट भएका १२ जना खेलाडीहरु मध्ये ओलखढुङ्गाका एक युवा हरि अधिकारी समेत टिममा अटाएका छन् । जिल्लाको चिसंखुगढी गाँउपालिका वडा नं. १ कुईभिरका अधिकारीले राष्ट्रिय स्तरको भलिवल टिममा परी अन्तराष्ट्रिय स्तरको प्रतियोगीता खेल्न लागेका हुन् ।

२५ बर्षिय अधिकारी बाल्यकाल देखीनै भलिवलमा निकै रुचि राख्दथे । उनले बिद्यालय पढ्दा देखीनै बिभिन्न प्रतियोगीताहरु खेलिसकेका थिए । खेलकुदमा निकै नै रुचि भएपनि परिवारीक अवस्था र खेलले मात्रै जिवन धान्न नसक्ने भएपछि उनि नेपाल आर्मीमा भर्ना भए । उनले जिल्लामा रहदा पनि जिल्लका विभिन्न स्थानहरुमा सञ्चालन हुने प्रतियोगितामा आफ्नो टीम नै खडा गरि सहभागीता जनाउदै आएका थिए । उनी सहभागी भएको टिमले जिल्लामा भएको धेरै प्रतियोगितामा विजयी हासिल पनि गरेको छ ।

२०६८ सालमा नेपाल आर्मीमा भर्ना भएका उनि आर्मीको जागीर भित्र पनि खेलकुदलाई नै रोजे । जागीरको सिलसिलामा धेरै अभ्यास खेल खेल्दै तालिमहरु लिए । उनि भलिवल मार्फत नै बिस्तारै गणबाट पृतना हुदै नेपाली सेनाको त्रिभुवन आर्मी क्लमा प्रवेश गर्न सफल भए । त्यसपछि उनले धेरै राष्ट्रिय स्तरका भलिवल खेलहरु खेलिसकेका छन् । अहिले सम्म अधिकारीले ६ वटा भन्दा बढी राष्ट्रिय स्तरको प्रतियोगीतामा भाग लिएका छन् ।

उनि बाबु भुपध्वज अधिकारी र आमा लक्ष्मि अधिकारीका जेठो सन्तान हुन् । मध्यमबर्गिय परिवारमा जन्मिएका अधिकारी अहिले राष्ट्रिय स्तरको फुलबल टोलीमा परेपछि उनको चौतर्फी चर्चा हुन थालेको छ । मनमा संकल्प र आत्मबिश्वासभए हरकुरा सम्भव रहेको अधिकारीको बुझाई छ । उनले अवसर तथा साथ सहयोग पाए अझै धेरै गर्ने बताएका छन् । आम नागरिक तथा खेलकुद प्रेमीहरुको हौसलाका कारण आफुले खेलकुद मार्फत नै देशलाई चिनाउन अझै उत्साह जागेको अधिकारीले बताएका छन् ।