नेपाली समय Loading...२०८१ बैशाख १२ बुधबार

सिद्धिचरण नगरपालिकाले गर्यो सात पत्रकारलाई सम्मान

ओखलढुङ्गान्युज, असार ३२ ओखलढुङ्गा । सिद्धिचरण नगरपालिका ओखलढुङ्गाले ओखलढुङ्गामा कार्यक्षेत्र बनाएर पत्रकारीता पेशा अंगाल्दै आएका सात पत्रकारहरुलाई सम्मान गरेको छ । पत्रकारीताको माध्यमवाट नगरपालिकाको विकास तथा समाज रुपान्तरणका लागि महत्वपूर्ण योगदान गरेको भन्दै जिल्लाका विभिन्न सञ्चार माध्यमका सातजना पत्रकारहरुलाई सम्मानित गरेको हो । जिल्लामा क्रियाशील रहेका सम्मानित सातै पत्रकारहरुलाई नगद १० हजार सहित प्रशंसा पत्र प्रदान गर्दै अाइतवार सम्मानित गरेको हो ।

सम्मानित हुनेहरुमा कान्तिपुर दैनिकका उपसम्पादक कुम्भराज राई, अन्नपूर्ण पोष्टका संवाददाता शिव प्रसाद ढुंगाना, ओखलढुंगान्यूज अनलाईनका सञ्चालक बोधनारायण श्रेष्ठ, भिजन साप्ताहिक एवम् नयापत्रिका दैनिकका सम्बाददाता पूर्ण प्रसाद न्यौपाने छन् । त्यस्तै गोरखापत्र दैनिकका सम्बाददाता मनोज भट्टराई, भिजन एफ. एम. का स्टेशन मेनेजर रविन श्रेष्ठ र आफ्नो एफ.एम. का समाचार प्रमुख तथा न्यूज २४ का सम्वाददाता रामहरि श्रेष्ठ रहेका छन् । त्यस्तै जिल्लामा निरन्तर रुपमा सञ्चालनमा रहेको तिा ओटा सामुदायीक रेडियोका लागि प्रोत्साहन स्वरुप नगद रु २० हजार पनि प्रादन गरिएको छ ।

सम्मान कार्यक्रममा दुर्गममा रहेर पनि पत्रकारीताका माध्यमबाट सामाजिक अभियानहरु सफल पार्न र सिद्धिचरण नगरपालिकाको समृद्धिका लागि समेत सहयोग गर्ने पत्रकारहरुलाई सम्मान गरिएको सिद्धिचरणका मेयर मोहन कुमार श्रेष्ठले बताउनुभयो । सम्मान कार्यक्रमको आयोजना गरेकोमा पत्रकाहरुले नगरपालिकालाई धन्यवाद दिदै सबै पत्रकारहरुलाई एकै पटक सम्मान भन्दापनि नगरपालिकाले कोषको स्थापना गरि यसलाई निरन्तरता दिन आग्रह गरेका थिए । सम्मानित भएपछि पत्रकारहरुले राखेको सुझाव ग्रहण गर्दै मेयर श्रेष्ठले आगामी वर्षदेखि पत्रकारिता पुरस्कार कोष स्थापना गर्ने प्रतिवद्धता जनाउनुभयो ।

जिल्लाको सिद्धिचरण नगरपालिका र सुनकोशी गाउँपालिकाले पत्रकारका लागि सम्मान र सहयोगका कार्यक्रम ल्याएका छन् । यस अघि सुनकोशी गाउँपालिकाले पनि जिल्लामा क्रियाशिल एक दर्जन पत्रकारलाई सम्मान गरेको थियो । आफ्ना गाउँपालिका तथा नगरपालिकाको वार्षिक निति तथा कार्यक्रम अनुसार नै सम्मान कार्यक्रमको आयोजना गरिएको पनि नगरप्रमुख श्रेष्ठले बताउनुभयो । आगामी वर्षको सम्मान तथा पुरस्कारका लागि नगरपालिकाले २ लाख ७५ हजार रुपैयाको बजेट विनियोजन गरेको पनि जानकारी दिनुभयो ।