नेपाली समय Loading...२०८० चैत्र १५ बिहीबार

ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका पुर्णखोप सुनिश्चितता नगर घोषणा

ओखलढुङ्गान्युज, असार २२ ओखलढुङ्गा । ओखलढुङ्गा जिल्लाको सिद्धिचरण नगरपालिकालाई पूर्णओप सुनिश्चितता नगरपालिका घोषणा गरिएको छ । सिद्धिचरण नगरपालिकाको सभाहरुलमा एक औपचारीक कार्यक्रमको आयोजना गरी सिद्धिचरण नगरपालिकालाई पूर्णखोप सुनिश्चितता नगरपालिका घोषणा गरिएको हो ।

घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै सिद्धिचरण नगरपालिकाका प्रमुख मोहन कुमार श्रेष्ठले पूर्णखोप सुनिश्चितता नगरपालिका घोषणा गराउन महत्वपूर्ण योगदान पु¥याउने सबैलाई धन्यवाद दिनुभयो । नगरप्रमुख श्रेष्ठले तीन ‘स’ लाई स्मरण गराउदै भन्नुभयो, ‘समन्वय, सहमती र सहकार्यका साथ अघि बढे असम्भावना भन्ने केही हुन्न । नगरपालिकालाई अझ अगाडी बढाउन सबै मिलेर अघि बढौं ।’

सिद्धिचरण नगरपालिका लगायत ओखलढुङ्गा जिल्लाका आठओटै स्थानीय तहमा पूर्णखोप दिई सकेको तथ्यांक प्राप्त भएको छ । स्थानीय तहका स्वास्थ्य कार्यालयहरुले आफ्नो फिल्डका कुनै पनि बालबालिका खोप पाएनवाट नछुटेको रिपोर्ट गरेका थिए । अनुगमनका क्रममा पनि कोही पनि बालबालिका खोप पाउनवाट नछुटेको पाईएकोले ओखलढुङ्गा जिल्लालाई पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा गर्न लागिएकोले जिल्ला स्वास्थ्य कार्यालयका खोप अधिकृत पुष्पराज पन्तले बताउनुभयो ।

सिद्धिचरण नगरपालिकाको १२ वडामा रहेका जन्मेदेखी १५ महिना सम्मका ४ सय ६३ र १६ देखी २३ महिना सम्मका ३ सय १९ जना बालबालिका रहेका छन् । खोप लगाउनुपर्ने उमेरका सबैलाई खोपको मात्रा पुरा गरेको तथ्यांक प्राप्त भएपछि पूर्णखोप सुनिश्चितता नगरपालिका घोषणा गरिएको सिद्धिचरण नगरपालिकाका स्वास्थ्य ईकाई प्रमुख आईत राईले बताउनुभयो ।

दुईवर्ष अगाडी मात्रै ओखलढुङ्गालाई खोप सुनिश्चितता उन्मुख जिल्ला घोषणा गरिएको थियो । पूर्णखोप उन्मुख जिल्ला घोषणा गरिएको करीब दुई वर्षपछि यही असार ३१ गते ओखलढुङ्गा जिल्लालाई पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा गरिदैछ ।