नेपाली समय Loading...२०८१ बैशाख १४ शुक्रबार

ओखलढुङ्गामा सवारी दुर्घटना, दुईको मृत्यु तिन जनाको अवस्था गम्भिर

विवेश श्रेष्ठ, असार २० ओखलढुङ्गा । मुलखर्कवाट ओखलढुङ्गा तर्फ आउदै गरेको सवारी च्यानमको भालदिप भन्ने स्थानमा दुर्घटनामा परेको छ । जिप दुर्घटना हुदा जिपमा सवार २ जनाको मृत्यु भएको छ भने ३ जना गम्भिर घाईते भएका छन् ।

बुधवार विहान सुनकोसी गाउँपालिकाको मूलखर्क भन्ने स्थानवाट ओखलढुङ्गाको सदरमुकामका लागि छुटेको बा १५ च ८८४३ नम्बरको जीप दुर्घटनामा परेको हो । दुर्घटना भएको जीप सडकवाट करीब ३ सय मिटर तल खसेको सुनकोशी गाउँपालिकाका प्रमुख रुद्र प्रसाद अधिकारीले जानकारी दिनुभयो । घाईतेहरुको उद्धार गरि उपचारका लागि ओखलढुङ्गा अस्पताल तर्फ पठाईएको पनि उहाँले जानकारी दिनुभयो ।

मृतक एकको घटनास्थलमा नै र एक जनाको उपचारका लागि ओखलढुङ्गा तर्फ ल्याईदै गर्दा बाटैमा मृत्यु भएको बताईएको छ । दुर्घटनामा परि घाईते भएका तिनैजनालाई उपचारका लागि सामुदायीक अस्पताल सोब्रुमा ल्याईएको छ । घाईते तिनैजनाको अवस्था गम्भिर रहेको छ । घटनामा परि मृत्यु भएकाको सनाखत हुन सकेको छैन ।

घटनाबारे जानकारी प्राप्त हुनासाथ ओखलढुङ्गा प्रहरी ईन्स्पेक्टरको नेतृत्वमा घटनास्थल तर्फ प्रहरीको टोली पठाईएको जिल्ला प्रहरी प्रमुख एवम् प्रहरी नायव उपरिक्षक अनन्नराम शर्माले जानकारी दिनुभयो । प्रहरी घटनास्थलमा पुगेपछि घटनाको बारेमा विस्तृत जानकारी आउने पनि प्रहरी प्रमुख शर्माले जानकारी दिनुभयो ।

जीपमा कती यात्रु थिए भनेर केही खुलेको छैन । जीप दुर्घटनामा परेपछि चालक भने सम्पर्क विहिन रहेको बताईएको छ । जीप रोकेर बाकी यात्रु खाजा खान गएको बेलामा जीप आफै गुडेर दुर्घटनामा परेको बताईएको छ । जीप दुर्घटनामा परि मृत्यु भएका र घाईते भएका बाहेक अरु यात्रुहरु खाजा खान बाहिर निस्केको बताईएको छ । यद्धपी घटनाको विस्तृत विवरण भने आउन बाकी छ ।