नेपाली समय Loading...२०८१ बैशाख १५ शनिबार

७ वर्षिया बालीकालाई जवरजस्ती गरेको आरोपमा एक पक्राउ

ओखलढुङ्गान्युज, असार १८ ओखलढुङ्गा । ओखलढुङ्गामा बालीकालाई जवरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिखु गाउँपालीका ७ का ६० वर्षिय भक्त बहादुर श्रेष्ठ रहेका छन् । ७ वर्षिय बालीकालाई जवरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका हुन ।

बिहीबार बिहान आफ्नै घरमा वसीरहेको अवस्थामा वालीकालाई जवरजस्ती करणी गर्ने प्रयास गरीरहेको अवस्थामा श्रेष्ठ लाई बालीकाको बाबुले भेटेपछि उनलाई प्रहरीमा बुझाईएको हो । परिवारको कोही पनि घरमा नभएको बेला बिहीबार बिहान करीव ७ वजे तीर नानीलाई जवरजस्तीको प्रयास गरेका थिए । जवरजस्तीको प्रयास गर्दै गरेको अवस्थामा आफुले भेटेको र तुरुन्त प्रहरीलाई बुझाएको पिडीत बालीकाको परीवारले बताएको छ ।

आरोपी श्रेष्ठलाई अहिले अनुसन्धानका आफ्नो नियन्त्रणमा राखीएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ । बालीकालाई स्वास्थ्य परिक्षणका लागी जिल्ला अस्पताल रुम्जाटार पठाईएको र आवश्यक अनुसन्धान पछि श्रेष्ठ विरुद्ध मुद्धा दायर गरिने पनि जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।