नेपाली समय Loading...२०८१ बैशाख ७ शुक्रबार

साबधान ! भाइरलको कारण पत्तै नपाइ ज्यान जान सक्छ

ओखलढुङ्गान्युज, असार १६ काठमाण्डौं । नेपालमा पछिल्ला दिनहरुमा भाईरल ज्वरोका कारण अत्याधिक मानिस अस्पतालमा भर्ना हुन थालेका छन् । त्यही भाईरल ज्वरोका कारण शुक्रबार मात्रै बरिष्ठ पत्रकार यादव थपलियाको ज्यान गएको छ ।

सामान्य ज्वरो अनुभव भएपछि दुई दिनअघि मात्र जँचाउन अस्पताल गएका पत्रकार थपलिया एकाएक सघन उपचार कक्ष (आईसियू०)मा पुग्ने अवस्था सिर्जना भयो । भाइरल इन्फ्लुएन्जाको संक्रमण पत्तो लागेपछि भेन्टिलेटरमा राखेर सघन उपचारमा जुटेका चिकित्सकले थपलियालाई बचाउन सकेनन् । शुक्रबार अपरान्ह पौन तीन बजे उनको निधन भएको अस्पतालले सार्वजनिक गर्न बाध्य भयो ।

पत्रकार थपलिया मात्र होइन, उनीजस्तै धेरै बिरामीलाई भाइरल इन्फ्लुएन्जाले आकस्मिक रूपमा मृत्युको मुखमा लैजाने गरेको चिकित्सकहरुले बताएका छन् ।  तर भाइरल प्रकोपबारे हालसम्म नेपालका सरकारी र निजी अस्पतालहरूसँग कुनै तथ्यांक नै छैन । भाइरलसँग सम्बन्धित रोगले गर्दा अमेरिकामा बर्सेनी झण्डै ३६ हजार व्यक्तिको ज्यान जाने गरेको तथ्यांक छ । नेपालमा भने यसबारे कुनै अध्ययन हुन सकेको छैन ।

वर्षायामको सुरुवातसँगै भाइरल प्रकोपबाट बालबालिका र ज्येष्ठ नागरिकका साथै श्वासप्रश्वासका बिरामीहरू बढी जोखिममा पर्ने गरेका छन् । चिकित्सकहरूका अनुसार नेपालमा भाइरल इन्फ्लुएन्जा ए र बीको जोखिम बढी छ । ज्वरो आउने, खोकी लाग्ने, टाउको तथा घाँटी दुख्ने, शरीर दुख्ने, बान्ता हुने, छातीमा घ्याघ्यार तथा स्वाँस्वाँ हुने, पेट दुख्ने भाइरल इन्फ्लुएन्जाका लक्षणहरू हुन् ।

पश्चिमी देशमा विशेष गरी जाडो समयमा देखा पर्ने भाइरल इन्फ्लुएन्जा नेपालमा भने वर्षायाम र जाडो दुवै समयमा देखिने गरेको छ । नेपालमा भाइरल इन्फ्लुएन्जा सुरु हुने बेला भइसकेको छ । श्वासप्रश्वास र छातीसँग सम्बन्धित समस्याका दीर्घ रोगीहरूलाई भाइरल इन्फ्लुएन्जाले बढी जोखिममा पार्ने गरेको छ ।

भाइरल इन्फ्लुएन्जा ‘ए’अन्तर्गत स्वाइन फ्लु, बर्ड फ्लु र हङकङ फ्लु पर्दछ । अन्य इन्फ्लुएन्जाभन्दा ए र बी नेपालमा बढी देखा परेको उपचारमा संलग्न डाक्टरहरुले बताउने गरेका छन् । त्रिवि शिक्षण अस्पताल महराजगन्जका पल्मोनोलोजी एन्ड क्रिटिकल केयर मेडिसिन विभागका उपप्राध्यापक डा। निरज बमका अनुसार भाइरल इन्फ्लुएन्जाको संक्रमण भएमा रुघा लाग्ने, ज्वरो आउने, खोकी लाग्ने, टाउको तथा घाँटी दुख्ने लगायतका लक्षण देखा पर्छन् ।

त्यस्तै शरीर दुख्ने, छाती घ्यारघ्यार हुने, स्वाँस्वाँ हुने र बान्ता समेत हुन सक्छ । कसै–कसैलाई पेट दुख्ने एवं पखाला लाग्ने लगायत लक्षण देखिन सक्छन् । भाइरल इन्फ्लुएन्जाले जटिलताको रूप ग्रहण गर्दै निमोनिया, सेप्सिस र एक्युट रेस्पिरेटरी डिस्टे«स सिन्ड्रोम ९एआरडीएस०समेत हुन सक्दछ । त्यसैले पनि अहिलेको समय सिजनल इन्फ्लुएन्जाको समय हो । सबैजना सतर्क रहनु आवश्यक छ ।

 भाइरल इन्फ्लुएन्जा ठ्याक्कै ठीक पार्ने औषधि नबनेका कारण निको पार्न सहयोग पु¥याउने औषधिको सेवन गराइन्छ । सतर्कता अपनाउनका लागि भ्याक्सिन लगाउनु पर्ने डाक्टरहरुको सुझाव छ । छ महिनाभन्दा माथिका व्यक्तिका लागि यस्तो भ्याक्सिन लगाउन मिल्ने पनि डाक्टरहरुले बताएका छन् ।