नेपाली समय Loading...२०८१ बैशाख ७ शुक्रबार

रौतहटमा प्रहरीसँग भिडन्त, एकको मृत्यु

ओखलढुङ्गान्युज, असार १५ काठमाण्डौं । विहिवार राति रौतहटमा नेपाल प्रहरीसँगको भिडन्तमा परि एकको मृत्यु भएको छ । प्रहरी र हतियारधारी समूहबिच दोहोरो भिडन्त हुदा हतियाधारी समूहका एकजनाको मृत्यु भएको छ । रौतहटको राजदेवी नगरपालिकास्थित सीमा क्षेत्रमा हतियारसहित आपराधिक समूह नेपाल प्रवेश गरेको सूचना पछि पक्राउ गर्न गएका सुरक्षाकर्मी माथि गोली प्रहार गरेपछि भएको दोहोरो भिडन्त भएको थियो ।

वनटेस्ट मोटरसाइकलमा आएका समूहलाई रोक्ने प्रयास गर्दा गोली प्रहार गरे पछि दोहोरो भिडन्त भएको हो । घटनास्थलबाट प्रहरीले अत्याधुनिक हतियार एसएमजी र गोली बरामद गरेको प्रहरीले जनाएको छ । मृतकको सनाखत भने हुन सकेको छैन ।

भिडन्तमा एकजनाको खुट्टा र पिठ्यूमा गोली लागेको थियो । २ जना भारततर्फ भागेको प्रहरीले जनाएको छ । गोली लागेर घाइते भएकाको उपचारका लागि जिल्ला अस्पताल गौर ल्याइदै गर्दा बाटोमै मृत्यु भएको हो । घट्नास्थल क्षेत्रमा राति देखी नै ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।