नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

बर्षाले ओखलढुङ्गाको पुनर्निर्माणमा बाधा, मूल्यवृद्धि आकासीयो

ओखलढुङ्गान्युज, असार १० ओखलढुङ्गा । ओखलढुङ्गामा वर्षातले ग्रामीण भेगका बाटाहरुमा अबरोध गरेको छ । वर्षात तथा घुर्मी–कटारी, खुर्कोट–सिन्धुलीको सडक ठुला सवारी र मालबाहक सवारी साधनमा अबरोधका कारण ओखलढुङ्गामा महंगी बढेको छ । महंगी, सामान अभाव तथा वर्षातले ग्रामीण सडकहरु अबरुद्ध हुन थालेपछि ओखलढुङ्गामा पुनर्निर्माणको काम समेत प्रभावित भएको छ ।

‘बर्खा अघि नै घर निमार्ण सम्पन्न गर्नु प¥यो भनेको थिए’ ‘कहिले महंगीले समान छुईसाध्य हुदैन, कहिले गाउँमा जाने बाटो भत्किएर गाडी नै नआउने’ उनले भने । ग्रामीण सडकको बिजोक एकातिर छदैछ अर्कोतिर बजार मुल्य समेत आकासीदा सर्वसाधारणको ढाड सेकिएको छ ।

ओखलढुङ्गा बजारमा प्रति केजी ८४ रुपियाँ पर्ने फलामको छड ११० रुपियाँ पुगेको छ । बोराको आठ सय पर्ने सिमेन्ट एक हजार चार सय रुपियाँ पुगेको छ भने सात सय रुपियाँ पर्ने पीपीसी सिमेन्टको एक हजार दुई सय रुपियाँ पुगेको छ । महंगै रकम तिरेर सामान ल्याउछु भन्दा पनि बजारमा पाईनै छाड्यो शेर्पाले भने । लिखु गाउँपालीका ७ का नेत्रबहादुर थापाले दिनहुँको बर्षात गर्दा गाउँ गाउँमा जाने कृषि सडक बिग्रिएकाले निर्माण सामग्री बीच बाटोमै थन्किएको बताए । ग्रामीण क्षेत्रमा सडक निर्माण गर्दा सडकको मापदण्ड विपरितर प्राबिधीकको सल्लाह बमोजिम नखनिएको कारण सडक अबरुद्ध सगै बस्तीहरु समेत जोखिममा पर्न थालेका छन् ।

‘जसोतासो सामान ल्याईयो तर बाटो बिग्रिएकाले सामान बाटोमै राखेको छु’ उनले भने । भूकम्पले बढी प्रभावित जिल्लाको खिजिदेम्बा, लिखु तथा उत्तरी भुभागका गाउपालिकामा पुग्ने सडकहरु वर्षातले नराम्ररी क्षती गरेको छ । शहरी विकास तथा भवन डिभिजन कार्यालयका अनुसार ओखलढुंगामा पुनर्निर्माण सन्तोषजनक छ । हालसम्मको अवधिमा जिल्लाका १० हजार ७ सय ९९ जना भूकम्प पीडितले तेस्रो र १६ हजार ७ सय ८३ जनाले दोस्रो किस्ता हात पारेका छन् । त्यस्तै १९ हजार १ सय तिन जना भूकम्प पीडितले पहिलो किस्ता पाइसकेका छन् । जिल्लामा कुल लाभग्राहीको संख्या २० हजार १ सय ६५ रहेको छ ।