नेपाली समय Loading...२०८१ बैशाख ८ शनिबार

चिसंखुगढीको दोश्रो गाउँसभा सम्पन्न, बजेट २६ करोड २१ लाख

ओखलढुङ्गान्युज, असार १० ओखलढुङ्गा । ओखलढुङ्गाको चिशंखुगढी गाउँपालिकाको गाउँसभा सम्पन्न भएको छ । चिसंखुगढी गाउँपालिकाको सम्पन्न गाउँसभाले आर्थिक वर्ष ०७५/७६ को लागि २६ करोड २१ लाख २१ हजारको बजेट पारित गरेको छ । दोस्रो गाउँसभाबाट पारित बजेटमध्ये चालुतर्फ ५ करोड ८ लाख ७० हजार र पूजिँगत तर्फ ७ करोड ४३ लाख २१ हजार विनियोजन भएको छ ।

नेपाल सरकारबाट प्राप्त १३ करोड ७६ लाख शसर्त बजेट गाउँसभाबाट पारित गरिएको गाउँपालिकाका अध्यक्ष निशान्त शर्माले जानकारी दिनुभयो । वडा संचालनका लागि ८ लाख ६५ हजारका दरले आठ ओडालाई बजेट दिइएको छ । प्रदेश सरकारले दिएको सिंचाइका ठूला आयोजनाको बजेट समेतलाई आधार मान्दा मुख्य प्राथमिकता कृषि क्षेत्रलाई दिइएको छ ।

त्यस्तै पूर्वाधार तथा ग्रामीण विद्युतीकरण, स्वास्थ्य र शिक्षालाई बजेटमा प्रथामिकता दिइएको छ । जनता स्वास्थ्य कार्यक्रम अन्र्तगत उपचारमा सहयोग, प्रत्येक वडामा प्रसुती गृह निर्माण तथा सञ्चालन गर्ने गाउँपालिकाले प्रथामिकतामा राखेको छ ।

सार्वजनिक सुनुवाइ, सामाजिक परिक्षणबाट पारदर्शीता र जवाफदेहिताको अभ्यास गर्ने, संचार क्षेत्रको क्षमता विकास तथा गाउँपालिका केन्द्रमा सञ्चारको पहुँच विस्तार गर्ने योजना प्रथामिकतामा रहेका छन् । गाउँसभाको बैठकलाई प्रदेश सभाका सांसद अम्बिरबाबु गुरुङ र संघीय प्रतिनिधी सभाका सांसद यज्ञरज सुनुवारले सम्बोधन गरेका थिए । गाउँसभाको उद्घाटनलाई सम्बोधन गर्दै प्रतिनिधी सभाका सांसद सुनुवारले चिसंखुगढी गाउँपालिका भित्र आगामी वर्ष ग्रामीण विद्युतीकरणको काम पुरा गर्ने गरी बजेट ल्याउन प्रयास गर्ने बताए ।