नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

ओखलढुङ्गामा छुट्टाछुट्टै दुइ सवारी दुर्घटना ः दुईको मृत्यु, तीन घाइते

विवेश श्रेष्ठ, जेठ २४ ओखलढुङ्गा । ओखलढुङ्गाको मानेभञ्ज्याङ्गा गाउँपालिकामा सवारी दुर्घटना भएको छ । ना १ ज ४९५० नम्बरको जिप काठमाण्डौवाट ओखलढुङ्गा आउनेक्रममा भँडारे खोलामा र्दुघटनामा परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक अनन्तराम शर्माले जानकारी दिनुभयो ।

मानेभन्ज्याङ गाउँपालिका वडा नं. ६ हिलेपानी भञ्ज्याङ्ग नजिकै भडारेखोलामा जिप दुर्घटना हुदाँ दुई जनाएको मृत्यु भएको छ भने अर्का दुई जना घाईते भएका छन् । जीप सडकवाट करिब ३ सय मिटर तल खोलामा खसेको छ ।

दुर्घटनामा परि मृत्यु हुनेमा ओखलढुङ्गा जिल्ला सुनकोशी गाउँपालिका वडा नं. ५ मूलखर्कका अन्दाजी ४० बर्षिय सिङ्ह बहादुर तामाङ र सोही स्थानका ३५ बर्षीय कैलीमाया तामाङ रहेका छन् । सोलुखुम्बु काठमाण्डौ नियमीत चल्ने उक्त जीप बिहिबार मध्यान्ह काठमाण्डौबाट ओखलढुंगा आउदै गर्दा दुर्घटनामा परेको हो ।

दुर्घटनामा परि सवारी चालक अन्दाजी २० बर्षिय लोकेन्द्र तामाङ र २४ बर्षिय लाल बहादुर तामाङ घाईते भएका छन् । घाईतेहरु दुबैको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । गम्भिर घाईते दुवैको आस्था मेडिकल हल घुर्मी उदयपुरमा उपचार भैरहेको छ । गम्भिर घाईते दुबैको थप उपचारका लागि काठमाण्डौ लाने तयारी भैरहेको पनि प्रहरीले ओखलढुङ्गा प्रहरी प्रमुख शर्माले जानकारी दिनुभयो । घटनाको बिषयमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । दुर्घनाको कारणबारे खुल्न सकेको छैन ।

आजै दिउसो सोलुखुम्बुवाट ओखलढुङ्गा तर्फ आउदै गरेको मोटरासाईकलले एक बालकलाई ठक्कर दिएको छ । बच्चालाई ठक्कर दिएपछि बच्चालाई उपचारका लागि अहिले सामुदायीक अस्पताल सोब्रु ओखलढुङ्गा ल्याईएको छ । बच्चालाई ठक्कर दिने मोटरसाईकल र त्यसका चालकलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको पनि प्रहरीले जनाएको छ । मोटरसाईकलको नम्बर र चालकको नाम भने खुलेको छैन ।