नेपाली समय Loading...२०८० चैत्र १५ बिहीबार

ओखलढुङ्गामा पनि विविध कार्यक्रमका साथ गणतन्त्र दिवस सम्पन्न

ओखलढुङ्गान्युज, जेठ १६ ओखलढुङ्गा । ओखलढुङ्गामा १३ औं गणतन्त्र दिवस विभिन्न कार्यक्रमका साथ मनाईएको छ । गणतन्त्र दिवसको अवसरमा लिखु गाउँपालिकामा अन्तर आधारभुत तह स्तरिय हाजिरी जवाफ तथा खेलकुद प्रतियोगिताको आयोजना गरिएको छ ।

हाजिरी जवाफ प्रतियोगितामा भिमसेनस्थान मावि प्रथम यसम मावि दोश्रा र वडडाँडा मावि तेश्रो भएका छन् । त्यस्तै खेलकुद प्रतियोगितामा पनि भिमसेन स्थान मावि प्रथम यसम मावि दोश्राे र गोरखनाथ आधारभूत विद्यालय तेश्रो भएको छ ।

लिखु गाउँपालिकाका पाँचओटा वडाहरुलाई समेटेर आयोजना गरिएको कार्यक्रममा ८ ओटा विद्यालयहरुले सहभागिता जनाएका थिए । कार्यक्रम भिमसेनस्थान माविको प्राङ्गणमा सम्पन्न भएको थियो । प्रतियोगि कार्यक्रम सगै विद्यार्थीहरुले सास्कृतिक कार्यक्रम पनि प्रस्तुत गरेका थिए । विजयी विद्यार्थी तथा विद्यायलयहरुलाई श्रोत व्यक्ति किशोर कटवालले पुरस्कार वितरण गर्नभएको थियो ।

त्यसैगरि ओखलढुङ्गाको मोलुङ गाउँपालिका ६ श्री चौर स्थित कालिका मा।वि। भाल्थुम्कामा पनि गणतन्त्र दिवस मनाईएको छ । कालिका मावि भाल्थुम्काको बाल क्लवका विधार्थीको आयोजनामा निवन्ध प्रतियोगीता गरिएको छ । बास्तविक अर्थमा गणतन्त्र भन्ने शिर्षकमा निबन्ध प्रतियोगीता गरिएको थियो ।

कार्यक्रममा निबन्ध प्रतियोगीता तथा विभिन्न सास्कृतिक प्रतियागीता गरिएको थियो । निबन्ध प्रतियोगीतामा प्रथम, दोश्रो र तेश्रो हुनेलाइ पुरस्कार वितरण गरिएको थियो ।