नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

विरोधका बाबजुद छुटे बालकृष्ण

विवेश श्रेष्ठ, जेठ १५ काठमाण्डौं । व्यापक विरोधका बाबजुदपनि बालकृष्ण ढुङ्गेल जेल मुक्त भएका छन् । अधिवक्ता दिनेश त्रिपाठीले ढुंगेलको सजाय मिनाहा गर्ने निर्णय रोक्न अन्तरिम आदेश माग गर्दै सर्बोच्चमा रिट दायर गरेका थिए । त्रिपाठीले दायर गरेको रिट निवेदनमा सर्वोच्च अदालतले बालकृष्ण ढुंगेलको बाँकी कैद सजाय मिनाहा गर्ने सरकारको निर्णय रोक्न माग गरिएको अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

सर्बोच्च अदालतले यो अस्विाकार गरे सगै पूर्व माओवादी नेता ढुङ्गेल रिहा भएका छन् । त्रिपाठीले दायर गरेको रिट निवेदन उपर मुद्दामा सुनुवाइ गर्दै न्यायाधीशहरु मीरा खड्का र टंकबहादुर मोक्तानको इजलासले उनी रिहा भइसकेको अवस्थामा अन्तरिम आदेश दिइरहनु नपर्ने आदेश दिएको थियो ।

सर्वोच्चको आदेशमा भनिएको छ ‘विपक्षी बालकृष्ण ढुंगेललाई बाँकी कैद सजाय मिनाहा दिने गरी मन्त्रिपरिषद समेतबाट भएका सिफारिसहरु समेतका काम कारबाही यसअघि यस अदालतको संवैधानिक इजलासबाट मिति २०७२/९/२३ मा भएको फैसला विपरीत छ छैन र उक्त सिफारिसहरु कारागार नियमावली २०२० को नियम २९ बमोजिम भएको छ छैन भन्ने विषय प्रस्तुत मुद्दाको अन्तिम निर्णय हुँदा विचार हुने नै हुँदा र नेपाल सरकार मन्त्रिपरिषदको मिति २०७५/२/१३ को बैठकको निर्णयानुसार सिफारिस भई आएका कैदीहरुमध्ये विपक्षी बालकृष्ण ढुंगेललाईसमेत सम्माननीय राष्ट्रपतिबाट बाँकी कैदल माफ दिई कारागारबाट छुटिसकेको समेत देखिँदा निवेदकको माग बमोजिम अन्तरिम आदेश जारी गर्नुपर्ने देखिएन । कानुन बमोजिम गर्नू ।’

गणतन्त्र दिवसको अवसर पारेर ज्यानमुद्दाको सजाय भोगी रहेका ढुङ्गेललाई कारागार व्यबस्थापन विभाग मार्फत नेपाल सरकारले आम माफि दिन लागेको भन्दै केहीदिन अगाडी काठमाण्डौमा विरोध प्रदर्शन समेत भएको थियो । सर्वोच्चको आदेशले कर्तव्य ज्यान मुद्दामा ढुंगेल २०७४ कात्तिक १४ देखि जेल चलान भएका थिए । ढुंगेलले सोही मुद्दामा यसअघि सात वर्ष जेल सजाय बिताइसकेका छन् ।

द्वन्द्वकालमा भएको व्यक्ति हत्याको घटनामा ज्यान मुद्दामा जन्मकैदको सजाय भोगिरहेका थिए । उनलाई रिहा गर्न कारागार व्यवस्थापन विभागले सरकारलाई सिफारिस गरेको थियो । नेता बालकृष्ण ढुंगेललाई गणतन्त्र दिवसको अवसर पारेर राष्ट्रपति विद्यादेवी भण्डारीले कैद माफ दिएपछि ढुंगेल मंगलबार रिहा भएका छन् ।