नेपाली समय Loading...२०८१ बैशाख ८ शनिबार

ओखलढुङ्गामा सवारी दुर्घटनामा परि एकको मृत्यु, ९ घाईते

विवेश श्रेष्ठ, जेठ १३ ओखलढुङ्गा । ओखलढुङ्गाको मोलुंग गाउँपालीका वडा नं. २ रामपुरको मोलुङ खोला नजिकै कात्तिके भिर भन्ने स्थानमा सवारी दुर्घटनामा परि एकको मृत्यु भएको छ । दुर्घटनामा परि मृत्यु हुनेमा मोलुंग गाउँपालीका वडा नं. ७ का १८ वर्षिय रविन विक रहेका छन् । दुर्घटनामा परी एकको मृत्यु हुनका साथै ९ जना घाईते भएका छन् ।

ओखलढुङ्गाको मोलुंग गाउँपालीकाको मुकाम प्राप्चा बाट ओखलढुंगा आउँदै गरेको ना १ ज ५५६२ नं को जिप दुर्घटनामा परेको हो । दुर्घटनामा परि एक १५ महिने एक बालक सहीत अन्य ९ जना घाईते भएका छन् । घाईते हुनेहरुमा मोलुंग ७ का पदम विक, दिपेन्द्र खत्री, मोलुंग २ का जमुना खत्री, बिष्णु विक, असोक बानिया र अमृत विक रहेका छन् । त्यस्तै खिजीदेम्बा गाउँपालीका ६ का पासाङल्हामु शेर्पा र शाङ्गे शेर्पा रहेका छन् ।

दुर्घटना भएको जिप सडक बाट करीब १०० मिटर तल पुगेको छ । घाईते मध्ये ३ जनाको अवस्था गम्भिर रहेको र अरुको अवस्था भने सामान्य रहेको जिल्ला प्रहरी कार्यलय ओखलढुङ्गाले जनाएको छ । घाईतेहरुको ओखलढुङ्गा सामुदायीक अस्पताल सोब्रुमा उपचार भई रहेको छ ।

चालक मोलुंग २ का अमृत बिकको अवस्था भने सामान्य रहेको र उनि अहिले प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी प्रमुख अनन्तराम शर्माले जानकारी दिनुभयो । ब्रेक फेल भएर जीप दुर्घटनामा परेको आशंका गरिएपनि त्यसको खास कारण भने पत्ता लागेको छैन् । घटनाको बारेमा अनुसन्धान भैरहेको पनि प्रहरी प्रमुख शर्माले जानकारी दिनुभयो ।