नेपाली समय Loading...२०८० चैत्र १५ बिहीबार

विद्यालयमा गणेशले गरे १ लाखको अक्षयकोष स्थापना

विवेश श्रेष्ठ, जेठ ८ श्रीचौर । ओखलढुङ्गाका एक समाजसेवीले आफ्नो दिवंगत अभिभावकको नाममा अक्षयकोषको स्थापना गरेका छन् । मोलुङ गाउपालिका वडा नं. ६, साविकको श्रीचौर गाविसका स्थानीय गणेशबहादुर कट्वालले अभिभावकको सम्झनामा अक्षयकोषको स्थापना गरेका हुन् । कट्वालले श्रीचौरको कालीका माविको शैक्षिक विकासमा सहयोग गर्ने उद्देश्यले आफ्ना अभिभावकको सम्झनामा १ लाख १ हजार १ सय ५१ रुपैयाँको ‘विरध्वज–थलमाया–कृष्णबहादुर स्मृती अक्षयकोष’ स्थापना गरेका हुन् ।

गाउँमा सञ्चालनमा रहेका केही सामुदायीक विद्यालयको अवस्था उत्कृष्ट र लोभलाग्दो भएपनि केही सामुदायीक विद्यालयको अबस्था भने एकदमै नाजुक रहेको छ । कतै विद्यर्थाी भन्दा शिक्षक बढि छन त कतै दरवन्दी विना पनि सामुदायी विद्यालय सञ्चालन भै रहेका छन् । त्यसै समस्यावाट आफ्नो गाउँको विद्यालयपनि अछुतो नरहेको र भन्द गाउँको सामुदायिक विद्यालय सञ्चालनमा सहयोग गर्ने उद्देश्यले अक्षयकोष स्थापना गरेको कट्वालले बताए । तत्काल १ लाख १ हजारको अक्षयकोषको स्थापना गरेको भएपनि कोषमा चाडै थप १ लाख थप्ने उनले प्रतिवद्धता पनि जनाएका छन् ।

शोमबार विद्यायमा आयोजना गरिएको एक कार्यक्रमका बिच कटवालले अक्षयकोषको स्थापना गरेका हुन् । अक्षयकोषको स्थापना पश्चात त्यहाँ जम्मा भएको रकमले विद्यालयमा अध्ययन गर्ने गरि, विपन्न छात्रछात्राहरुलाई सहयोग पुग्ने अपेक्षा गरेको कटवालले बताए । अक्षयकोष स्थापना गरिदिने गणेश कट्वाल जिल्ला वन कार्यालय ओखलढुङ्गा अन्तर्गत ईलाका वन कार्यालय खिजीफलाटेका प्रमुख हुन् । कटवालले विगतका दिनहरुमा पनि स्थानीय प्रहरी, विद्यालय, गुम्बा, सडक लगाएतको भौतिक निर्माणका कार्यहरुमा समेत सहयोग गर्दै आएका छन् ।