नेपाली समय Loading...२०८१ बैशाख ८ शनिबार

उदयपुर गोल्डकप उपाधिमा थ्री स्टारको ह्याट्रिक

ओखलढुङ्गान्युज जेठ ६ उदयपुर । उदयपुर गोल्डकपको पाँचौ संस्करणको उपाधि थ्री स्टार क्लवले जितेको छ । यो जित सगै थ्री स्टार क्लबले उदयपुर गोल्डकपको उपाधीमा ह्याट्रिक गरेको छ । शनिबार भएको फाइनलमा मनाङमस्र्याङदी क्लबलाई १–० ले हराउँदै थ्रिस्टारले उपाधिमाथि कब्जा जमाएको हो ।

अजय मार्टिनले १८ औँ मिनेटमा गरेको गोल नै थ्रीस्टारको जितका लागि निर्णायक बन्यो । खेलमा मनाङमस्र्याङ्दीलाई पराजित गरेसगै थ्रीस्टार तेश्रोपटक उदयपुर गोल्डकपको च्याम्पियन बनेको हो । थ्रिस्टारले उपाधिसँगै ५ लाख रुपैया पाएको छ भने मनाङ उपविजेता बन्दै ३ लाख रुपैया हात पारेको छ ।

प्रतियोगिताको सर्वश्रेष्ठ खेलाडी थ्री स्टारका पिटर सैगुनले ५० हजार रुपिँया पाएका छन् । यस्तै उत्कृष्ट डिफेण्डर थ्री स्टारका विजय धिमाल, उत्कृष्ट मिडफिल्डर थ्रिस्टारकै रुपेश केसी, उत्कृष्ट प्रशिक्षक थ्रिस्टारका मेघराज केसी, सर्वाधिक गोलकर्ता थ्रिस्टारका अजय मार्टिन र उत्कृष्ट गोलकिपर थ्रिस्टारका ऐलेन न्यौपाने र उदीयमान खेलाडी उदयपुर ११ का प्रचल चौधरी, भए । उनीहरुले जनही १०र१० हजार रुपैयाँ प्राप्त गर्न सफल भएका छन् ।

गत शनिबारदेखि सुरु भएको प्रतियोगितामा ८ टिम सहभागि थिए । खेलको दोस्रो हाफमा थ्री स्टारका मार्टिन र मनाङका विमल बस्नेतबीच विवाद भएपछि दुवैले रातो कार्ड पाएका थिए । खेलाडीको विवादका क्रममा दर्शकले पनि विवाद गर्दा प्रहरीले सामान्य बल प्रयोग गर्नुपरेको थियो ।