नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

क्युवामा विमान दुर्घटना, सय बढिको ज्यान गयो

ओखलढुङ्गान्युज, जेठ ५ जेठ, काठमाडौं । क्युवाको होलगुइनका लागि उडेको बोइङ ७३७/२०१ विमान राजधानी हवानामा रहेको जोस मार्टी अन्तर्राष्ट्रिय विमानस्थल नजिकै शुक्रबार दुर्घटना भएको छ । विमान दुर्घटनामा परि एक सय भन्दा बढिको ज्यान गएको छ । दुर्घटनामा परेका ३ जनाको भने जिवितै उद्दार गरिएको छ ।

स्थानीय समयअनुसार दिउँसो १२ः०८ बजे उडेको विमानमा ११० यात्रु र चालक दलका सदस्यहरु सवार रहेका थिए । विमानका अधिकांश यात्रु क्युबाको रहेको र भने विमानका कर्मचारी भने मेक्सीकोका रहेको विविसीले उल्लेख गरेको छ ।

जीवितै उद्धार गरिएका ३ जनाको अवस्था गम्भीर रहेको पनि विविसीले जनाएको छ । दुर्घटनाको कारण खुलेको छैन । क्युबाका राष्ट्रपति मिगल डियाज केनलले दुर्घटनास्थलको अवलोकनपछि दुर्घटनालाई दुर्भाग्यपूर्ण भन्दै दुःख व्यक्त गरेका छन् ।

दुर्घटनामा परेको विमान मेक्सिकोको एक चार्टर कम्पनी दमोझको हो । उक्त विमानलाई क्युबाको सरकारी एयरलाइन्सले भाडामा लिएर चलाइरहेको पनि विविसीले जनाएको छ ।