नेपाली समय Loading...२०८१ बैशाख ७ शुक्रबार

जेष्ठ नागरिक लक्षित निशुल्क स्वास्थ्य शिविरमा ७ सयको स्वास्थ्य परिक्षण

ओखलढुङ्गान्युज, बैशाख ३१ घोराखोरी । चम्पादेवी गाउँपालिकाको वडा नं. ७ फुलवारीमा जेष्ठनागरिकहरुलाई लक्षित गरेर आयोजना गरिएको निशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ । स्वास्थ्य शिविरमा ७ सय जनाको स्वास्थ्य परिक्षण गरिएको छ । शिविरको जिल्ला स्वास्थ्य कार्यालय र चम्पादेवी गाउँपालिका वडा नं. ७ ले संयुक्त रुपमा आयोजना गरेको हो ।

विशेषगरि जेष्ठ नागरिकहरुलाई लक्षित गरि वडा नं. ७ फुलबारीमा आयोजना गरिएको शिविरमा स्त्रीरोग, बाल रोग, अपाङ्गता भएका व्यक्ति, गर्भवती महिलाको स्वास्थ्य जाँच तथा निशुल्क औषधी वितरण पनि गरिएको वडा अध्यक्ष सुरेश थापाले जानकारी दिनुभयो । शिबिरमा आवश्यक चिकित्सक तथा औषधी व्यवस्थापन जिल्ला अस्पताल रुम्जाटारले गरेको थियो ।

एक दिने शिविरमा जेष्ठ नागरिक र अपांगता भएका व्यक्तिको उपचारमा सहज भएको स्थानीयले बताए । शिविर वडास्तरमा आयोजना गरिए पनि गाउँपालिका भरिका नागरिकले सेवा लिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख मोहन सुवेदीले बताउनुभयो । शिविर उद्घाटनमा संघीय प्रतिनिधी सभाका सांसद यज्ञराज सुनुवार, प्रदेश सभाका सांसद मोहन खड्का ‘हिमशिखर’ लगायतको सहभागिता थियो ।

निर्वाचनको समयमा उमेद्वारहरुले बेलाबेलामा जेष्ठ नागरिकहरुलाई गाउँघरमा नै निशुल्क स्वास्थ्य सेवाको व्यबस्था गरिने बताएका थिए । स्थानीय नागरिकहरुले बेला बेलामा स्थानीय तहमै यस्ता शिविर आयोजना गर्न माग गरेका छन् ।