नेपाली समय Loading...२०८१ बैशाख ७ शुक्रबार

खोलाले बगाउँदा ११ को परीक्षा दिन गएकी विद्यार्थी बेपत्ता

ओखलढुङ्गान्युज, बैशाख ३१ रामेछाप ।
कक्षाका ११ को परीक्षा दिन रामेछापको सदरमुमकाम मन्थलीमा जादै गरेका ७ जना विद्यार्थीलाई रणजोर खोलाले बगाएको छ । बगाएका विद्यार्थीहरु मध्ये ६ जनाको उद्धार गरिएको छ भने एकजना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा मन्थलीको महेन्द्रोदय माविकी सुष्मा फुँयाल रहेको पनि प्रहरीले जनाएको छ ।

मन्थलीको रुद्राक्षेश्वर मावि भटौली केन्द्रमा ११ कक्षाको परीक्षा दिन जाने क्रममा उनीहरुलाई खोलाले बगाएको हो । वेपत्ता भएकी फुयाँलको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । आईतवारवाट देशैभर कक्षा ११ को बार्षिक परीक्षा सञ्चालन भै रहेको छ ।

रातीदेखी आएको पानीपछिको बाढीका कारण मन्थली बजारको केही क्षेत्र डुबानमा परेको छ । डुबानका कारण मन्थली बजार लगायतका स्थानहरु अहिले अस्तव्यस्त बनेको छ । रातीको मुसलधारे पानी पश्चात आएको बाढिका कारण मन्थलीको बसपार्कमा रोकी राखिएको बस तथा ट्रकहरुको आधाभाग पुरिएको छ । बाटोहरुमा लेदो तथा माटोको गेगरहरु आएर थुप्रिएका कारण यातायातका साधनहरुको आवतजावतमा अबरोध सृजना भएको छ । बाटो खोल्ने प्रयास पनि भै रहेको जिल्ला प्रशासन रामेछाप मन्थलीले जनाएको छ ।