नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

इन्डोनेसियामा भएको आतंककारी हमलामा नौ जनाको मृत्यु, सयौं घाइते

ओखलढुङ्गान्युज, वैशाख ३० । ईन्डोनेसियाको तीनओटा चर्चमा आतंककारी हमला भएको छ । इन्डोनेसियाको दोस्रो ठूलो शहर सुराबियामा रहेका तीन वटा चर्चमा आतंककारी हमला भएको हो । ती छुट्टाछुट्टै हमलामा परि आइतबार प्रार्थना गरिरहेका नौ जनाको ज्यान गएको प्रहरीले जनाएको छ । आतंककारीहरुले गरेको बम विस्फोटमा अरु दर्जनौँ व्यक्ति घाइते भएको पनि बताईएको छ ।

इन्डोनेसिया सबैभन्दा धेरै मुस्लिम जनसंख्या भएको देश हो । यहाँका मुस्लिमहरुले समय समयमा चर्चमा हमला गर्ने गरेका छन् । इन्डोनेसियाका मुस्लिमले यसै हप्ता रमादान वर्त बस्ने तयारी गरिरहेका छन् । त्यसको पूर्व सन्ध्यामा यसरी चर्चमा हमला भएको छ । हमलामा घाईते हुनेहरुको संख्या धेरै र अबस्था पनि गम्भिर भएकोले मृत्यु हुनेको संख्या अझ बढ्न सक्ने अनुमान गरिएको छ ।

रमादानको यस पूर्व सन्ध्यामा आतंककारी हमला हुनसक्ने अनुमानका साथ सरकारले उच्च सुरक्षा सतर्कता अपनाइएको बताएको थियो । सरकारको यो भनाईका बाबजुद पनि आइतबार बिहान साढे सात बजेतिर एकै समयमा आतंककारीहरुले तीनवटा चर्चमा हमला गरेका थिए । यस हमलाको जिम्मेवारी अहिलेसम्म पनि कसैले लिएको छैन । तर प्रहरीले यहाँका अतिवादी मुस्लिमबाटै यस्तो काम भएको हुनसक्ने अनुमान गरेको छ । आक्रमणकारीले एक स्थानमा आत्मघाती हमला गरेका थिए भने अन्य दुई स्थानमा बम आक्रमण गरेका थिए । चर्चहरुमा सुरक्षाको राम्रो प्रबन्ध भए पनि आत्मघातीले हमला गरेको बताइएको छ ।