नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

पाँचौ उदयपुर गोल्डकप सुरु

ओखलढुङ्गान्युज, बैशाख ३० उदयपुर  । शनिवारवाट पाँचौ उदयपुर गोल्डकप फुटवल प्रतियोगिता सुरुवात भएको छ । गोल्डपकको उद्घाटन खेलवाट झापा ११ ले आफ्नो विजयी सुरुवात गरेको छ । शनिबारदेखि सुरु भएको उदयपुर गोल्डकपामा साविकको विजेता रूपन्देही ११ लाई हराउँदै झापा ११ ले सेमिफाइनलको यात्रा तय गरेको हो । 

उदयपुरको थरूहट रङ्गशालामा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा १–० को गोलअन्तरले रूपन्देहीलाई हराउँदै झापा ११ सेमिफाइनलमा पुगेको हो । खेलको दोस्रो हाफको २८औँ मिनेटमा झापाका कर्ण लिम्बूले डि बक्स भित्रवाट गरेको गोल नै निर्णायक बन्यो ।

खेलको सुरुवाती समयबाटै झापाले रूपन्देहीलाई दबाबमा राखेको थियो । खेल अवधिभर झापाले पटक–पटक गोल गर्ने अवसर पाएपनि सदूपयोग भने गर्न सकेन । तीन जना विदेशी खेलाडीसहित मैदानमा उत्रिएको रूपन्देहीले सोचेअनुरुप प्रर्दशन गर्नबाट चुक्यो ।

प्रतियोगिताको म्यान अफ द म्याच झापाका छिरिङ गुरुङ घोषित भए ।  जेठ ५ गतेसम्म हुने प्रतियोगिताको दोस्रो खेल आइतबार घरेलु टिम उदयपुरले ‘ए’ डिभिजन क्लब मनाङ मस्र्याङदीको सामना गर्ने आयोजकले जानकारी दिएको छ । प्रतियोगितामा ‘ए’ डिभिजन  सहितका आठ टिमले सहभागिता जनाएका छन् ।

प्रतियोगिताको विजयी टिमले पाँच लाख राशीको नगद पुरस्कार प्राप्त गर्नेछ । गतवर्ष एक लाख ५० हजार प्रथम पुरस्कार रहेकोमा यस वर्ष बढाएर पाँच लाख पुर्यानइएको हो । उपविजेतालाई दिईने पुरस्कार राशीलाई एकलाखवाट बढाएर तीन लाख पु¥याइएको पनि आयोजकले जनाएको छ । प्रतियोगिताको उद्घाटन प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले गरेका थिए ।