नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

ओखलढुङ्गाका जनप्रतिनिधीहरुले सार्वजनिक गरे १० बुदे साझा घोषणापत्र

विवेश श्रेष्ठ, वैशाख २३ ओखलढुङ्गा । ओखलढुङ्गामा निर्वाचित भएका स्थानीय जनप्रतिनिधीहरुको दुईदिने अभिमुखीकरण÷साझासभा कार्यक्रम सम्पन्न भएको छ । अभिमुखिकरण कार्यक्रमको उद्घाटनमा प्रतिनिधी समभाका सदस्य यज्ञराज सुनुवार, प्रदेश सभा सांसदद्वय मोहन कुमार खड्का ‘हिमशिखर’ र अम्बिरबाबु गुरुङ, संबिधानसभाका पूर्व सांसद, राजनितीक पार्टिका जिल्ला स्तरिय नेताहरुको पनि सहभागिता रहेको थियो ।

कार्यक्रममा उपस्थित रहनु भएको संघिय स्थानीय विकास मन्त्रालयका सचिव दिनेश कुमार थपलियाले स्थानीय तहको काम, कर्तव्य, अधिकार र जिम्मेवारका वारेमा सहभागीहरुलाई प्रशिक्षित गर्नुभएको थियो । प्रशिक्षणको क्रममा सहभागी स्थानीय जनप्रतिनिधीका प्रश्नहरुलाई सम्बोधन गर्दै सचिव थपलियाले जिल्ला समन्वय समिति र केही सरकारी कार्यालयका जिल्ला कार्यालयको असहयोगका कारण सबै स्थानीय तहमा आवश्यक कर्मचारीहरुको व्यबस्थापन गर्न नसकिएको बताउनुभयो ।

राजनितिक दलका नेताहरुलाई लक्षित गर्दै सचिव थपलियाले चुनावको वेलामा सरकारी कार्यालयका कर्मचारीहरुलाई प्रयोग र परिचालन गरेपनि अव चुनाव सकिएको र अर्को चुनाव पनि पाँच वर्ष नहुने भएकोले कर्मचारीहरुलाई आफ्नो कामगर्ने वाटो प्रश्ट पारिदिन पनि अनुरोध गर्नुभएको थियो ।

अभिमुखिकरणमा स्थानीय जनप्रतिनिधीहरुले काम गर्ने सन्दर्भमा स्थानीय तहमा धेरै समस्याहरु रहेको भन्दै त्यसलाई मन्त्रालय स्तरवाट नै समाधानको पहल गरिदिन आग्रह गरेका थिए । वडाअध्यक्षको गुनासाको बारेमा सम्बोधन गर्दै संघिय प्रतिनिधी सभाका यज्ञराज सुनुवार र प्रदेशसभा सदस्यद्वय मोहन कुमार खड्का ‘हिमशिखर’ र अम्बिरबाबु गुरुङले यहीबाट समाधान हुन सक्ने कुरा जिल्ला स्तरमा नै समाधानको प्रयास गरिने बताउनुभएको थियो । त्यस्तै जिल्ला स्तरमा हल हुन नसक्ने तथा कानून बनाएर नै लागू गर्नु पर्ने जस्ता विषयलाई कानूनमा नै उल्लेख गर्न आफूहरुले जस्ताको तस्तै प्रदेशसभाको सदन र प्रतिनिधीसभाको सदनमा उठान गर्ने प्रतिबद्धता जनाउनु भएको थियो ।

अभिमुखिकरण/साझासभा कार्यक्रममा उठेका विषयहरुलाइ समेटेर सहभागीहरुले १० बुदे ओखलढुङ्गा घोषणापत्र सार्वजनिक गरेका छन् । घोषणापत्रमा शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, विपद व्यबस्थापन , यातायात, विद्युत, सञ्चार लगायतको क्षेत्रमा अबका पाँच वर्ष भित्रमा ओखलढुङ्गामा कार्यान्वयन गरिने विषयहरु समेटिएका छन् ।

कार्यक्रम USAID/FHI360 अन्तर्गत सोच नेपाल, सबल परियोजना र नेपाल लाईफ ईन्स्योरेन्सको आर्थिक तथा प्राबिधिक सहयोगमा जिल्ला समन्वय समिति ओखलढुङ्गाले आयोजना गरेको हो । कार्यक्रममा ओखलढुङ्गा जिल्लाका १ नगरपालिका र ७ गाउँपालिकाका सहित ८ स्थानीयतहका निर्वाचित प्रमुख, उपप्रमुख, वडा अध्यक्षहरु, कार्यपालिकाका सदस्यहरु, कार्यकारी अधिकृत लगायत करीब १ सय ५०को उपस्थिती थियो ।