नेपाली समय Loading...२०८१ बैशाख ८ शनिबार

किरात राई पत्रकार संघ ओखलढुङ्गामा बिनु

ओखलढुङ्गान्युज, बैशाख २२ ओखलढुंगा– किरात राई पत्रकार सँघ ओखलढुंगाको बिहिबार सम्पन्न तेश्रो जिल्ला अधिवेशनले बिनुमाया राईको अध्यक्षतामा पाँच सदस्यीय समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा धनमाया राई, सचिवमा एसबी जेरो र कोषाध्यक्षमा शारदा राई र सदस्यमा दिपक राई रहेका छन् ।

त्यसैगरि यही वैशाख २८ र २९ गते भक्तपुरमा हुन गईरहेको किरात राई पत्रकार संघको तेश्रो राष्ट्रिय अधिवेशनका लागि केन्द्रिय प्रतिनिधिको रुपमा दीपेन्द्र रुम्दाली, जुद्धबहादुर राई, बिनुमाया राई र एसबी राईलाई चयन गरिएको छ ।

जिल्ला शाखाको अध्यक्षमा बिनु दोश्रो पटक सर्वसम्म निर्वाचित भएकी हुन् । केन्द्रिय उपाध्यक्ष कुम्भराज राईको प्रमूख आतिथ्यतामा जिल्ला अधिवेशन सम्पन्न भएको हो ।