नेपाली समय Loading...२०८१ बैशाख १४ शुक्रबार

बुद्धजयन्तीको अबसरमा मूलखर्कमा विशेष सा‌ङ्गितिक कार्यक्रम : भलिवलका विजयीलाइ पुरस्कार वितरण

ओखलढुङ्गान्युज, वैशाख १८ मूलखर्क । सुखी मूलखर्के समृद्ध मूलखर्क हाम्रो अभियान, पर्यटन, कृषि, संस्कृति र खेलकुदलाई सम्मान, मूलखर्के बासी बनौ महान् भन्ने मूल नाराका साथ सञ्चालन भएको अन्तरपालिका स्तरिय भलिबल प्रतियोगिताको शोमबार समापन गरिएको छ ।

ओखलढुङ्गाका निर्वाचित प्रतिनिधि सभाका सांसद यज्ञराज सुनुवारले सुनकोशी गाउँपालिकाको मूलखर्क तामाङ चलचित्रको नायक तथा नायीका जन्माउने थलो, खेलाडी उत्पादन गर्ने थलो समेत भएकोले आगामी दिनहरुमा थप कलाकार र खेलाडी उत्पादन गर्ने थलो बनोस भन्ने शुभकामना ब्यक्त गर्नुभयो । त्यस्तै सम्बोधनका क्रममा बुद्धजयन्तीको अबसर पारेर आफुले बुद्धसँग यदी अर्को जन्म हुन्छ भने आफु जन्मेपछि कि खेलाडी कि कलाकार बन्न पाउ भनेर बर मागेको बताउनुभयो ।

सम्बोधनका क्रममा सांसद सुनुवारले भन्नुभयो, ‘सुनकोशी गाउँपालिकामा निर्माण हुदै गरेको खेलमैदानको लागि आफुले तुरुन्तै कम्तीमा पनि दुई लाख उपलब्ध गराउने छु । भलिबल राष्ट्रिय खेल समेत भएकोले भलिबलका लागि जिल्लाबाट थप खेलाडी उत्पादन गर्न प्रेरणा बुद्ध जयन्ती कै दिनवाट मिलोस भन्ने कामना गर्दछु ।’

कार्यक्रमलाई सम्बोधन गर्दै विशिष्ट अतिथी ओखलढुङ्गा निर्वाचन क्षेत्र नं. १ ‘ख’ का प्रदेशसभा सांसद मोहन कुमार खड्का ‘हिमशिखर’ ले मूलखर्कमा निर्माण हुदै गरेको सरकारी भवनहरु प्रति लक्षित गर्दै यी भवनहरु चाडै निर्माणका लागि उन्मुख नभए कार्बाहीको दायरामा ल्याउने बताउनुभयो ।

खड्काले भन्नुभयो, ‘गलत कामगर्ने र समयमा नै काम नगर्ने ठेकेदारलाई राजनितीक संरक्षण हुदैन । कार्वाहीको दायरामा ल्याईन्छ । सुनकोशी गाउँपालिकाको विकासका लागि कुनै दिवारले छेकवार गर्नेछैन । पकेट क्षेत्र निर्माण गरी काम थालियो भने यहाँको विकास पनि छिटो हुन्छ । सबैले मिलेर समयमा नै काम गर्न यो बुद्धजयन्तीको अबसरमा सबैलाई प्रेरणा मिलोस् ।’

भलिबल प्रतियोगिताको समापनको अबसर पारेर ओखलढुङ्गा जिल्लामा लामो सयम सम्म पत्रकारीता पेशामा कृयाशिल रहेर समाजमा योगदान पु¥याए वापत ‘बार्षिक कृयाशिल पत्रकारीता सम्मान २०७४’ वाट कान्तिपुर दैनिकका उप–सम्पादक एवम् आदिवासी जनजाती पत्रकार संघ ओखलढुङ्गाका अध्यक्ष कुम्भराज राई, ओखलढुङ्गान्युज डटकमका बोध नारायण श्रेष्ठ र भिजन एफएमका एस वि जेरो राईलाई सम्मानित समेत गरिएको थियो ।

प्रतियोगिताका विजयी खेलाडी तथा टिमहरुलाई प्रमुख अतिथि, विशिष्ट अतिथीहरुले नगद, शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गर्नुभएको थियो । कार्यक्रममा राष्ट्रिय कलाकारहरु रोज मोक्तान, सीता माझी, रमेश गिरी, सिर्जना बर्देवा, तामाङ चलचित्रका नायक नायीकाहरु तथा स्थानीय कलाकारहरुले रात अबेर सम्म सांकृतिक मनोरञ्जन प्रदान गरेका थिए ।