नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

शिबिरमा ३३ जोडिलाई संयुक्त लालपूर्जा

ओखलढुङ्गान्युज, बैशाख १६ ओखलढुङ्गा ।  जिल्ला भुमी अधिकार मञ्च ओखलढुङ्गाको आयोजनामा शनिबार भएको शिबिरवाट ३७ जोडीले सयुक्त पुर्जा बनाएका छन् । जिल्ला भूमिअधिकार मञ्च ओखलढुङ्गाले मोलुङ गाउँपालिका वडा नं. ६ मा सञ्चालन गरेको संयुक्त लालपूर्जा शिविरमा उक्त लालपूर्जा बनाएका हुन् ।

जिल्ला भुमी अधिकार मञ्च ओखलढुङ्गाको आयोजनामा सञ्चालन भएको संयुक्त शिविरमा जिल्ला मालपोत कार्यालय ओखलढुङ्गाले सहजीकरण गर्दै महिला, पुरुष दुवैको स्वामित्वमा हुने गरी संयुक्त पुर्जा बितरण गरीएको हो ।

यस भन्दा अगाडी पनि जिल्लाको बिभिन्न स्थानहरुमा संयुक्त पुर्जा शिविर संचालन गर्दै आएको भूमि अधिकार मञ्चले यो पटक मोलुंग गाउँपालीका वडा नं ४ हर्कपुर मा शिबिर सञ्चालन गरेको हो । यसभन्दा अगाडी सञ्चालन गरेको यस्तो शिबिरवाट ओखलढुङ्गा जिल्लामा करीब ६ सय ६५ जोडीले संयुक्त लालपूर्जा बनाई सकेका छन् ।

पुरुषको नाममा मात्रै एकलौटी घर जग्गा हुँदा जुवा–तास, जाँडरक्सी खाएर परिवारलाई हैरानी दिने र परीवारको बिचल्ली समेत हुने भएको र महिलाको नाममा मात्रै हुँदा महिलाले दोश्रो विवाह गर्दा पुरुष तर्फको विचल्ली हुने समस्या बढेकाले संयुक्तपुर्जा अभियान संचालन गर्नु परेको आयोजकले बताएको छ ।

संयुक्त लालपुर्जा हुदा परीवारमा आपसी समझदारी बिना जग्गा सम्बन्धिका केही कारोबार नहुने भएको कारण आफु संयुक्त पुर्जा लिएर खुसी भएको संयुक्त पुर्जा लिएका मोलुंग ६ हर्कपुरका पुर्ण बहादुर खत्री र हिराखत्रीले बताए । त्यस्तै स‌युक्त लालपूर्जा बनाएपछि जग्गाकाे बारेमा दुवैजनालाइ अाफ्नाेपनकाे महशुस भएकाे र परिवारप्रती थप जिम्मेवारी बढेकाे महशुस भएकाे पूर्ण दर्जी र कुमारी दर्जीले बताए ।

संयुक्त पुर्जा शिवीर संचालन गरी महिला पुरुष दुवैको स्वामित्वमा घर जग्गा हुँदा पारीवारीक मेलमिलाप हुने र परीवारको बिचल्ली पनि नहुने भएकाले यो अभियान प्रभावकारी हुदै गएको छ । यो अभियानले महिला पुरुषको जीवनमा हक बराबरी हुनुका साथै दुवैको सहमती बिना किनबेच नहुने भएकोले घरझगडा समेत कम हुने अभियानका अध्यक्ष अमृत बस्नेतले जानकारी दिए ।