नेपाली समय Loading...२०८१ बैशाख ७ शुक्रबार

अपडेट मूलखर्क कप भलिवल प्रतियोगिता २०७५ ः क्वाटार फाईनलवाटै सिनपा र आयोजक बाहिरीयो

विवेश श्रेष्ठ, बैशाख १६ मूलखर्क । मूलखर्क कप भलिवल प्रतियोगिता सुरु भएको तेश्रो दिन क्वाटार फाईनलका खेलहरु सम्पन्न भएका छन् । सम्पन्न भएका क्वाटार फाईनल खेलवाट लिखु गाउँपालिका, चम्पादेवी गाउँपालिका ‘ए’ चिशंखुगढी गाउँपालिका र मोलुङ गाउँपालिका ‘ए’ सेमीफाईनलमा प्रबेश गरेका छन् ।

प्रतियोगिता सञ्चालन भएको दोश्रो दिन असीना पानीका कारण स्थगीत भएका लिग चरणका खेलहरु पनि तेश्रो दिन सञ्चालन भएका छन् । लिग चरण पार गरेर आएका ८ टिम बिच भएको क्वाटार फाईनलका खेलहरु पनि शनिवार नै सम्पन्न भएका छन् ।

शनिवार भएको क्वाटार फाईनलको पहिलो खेलमा लिखु गाउँपालिकाले चम्पादेवी गाउँपालिका ‘बी’ लाई २५–१९, २५–१७ को सोझो सेटमा पराजित गर्दै सेमी फाईनलको यात्रा तय गरेको हो । उता दोश्रो खेलमा चिशंखुगढी गाउपालिकाको टिमले आयोजक सुनकोशी गाउँपालिका ‘डी’ च्यानमलाई २५–६,२६–२४ ले पराजित गर्दै सेमीफाईनलको यात्रा तय गरेको हो ।

क्वाटार फाईनलको तेश्रो खेलमा मोलुङ गाउँपालिका ‘ए’ ले आयोजक सुनकोशी गाउँपालिका ‘सी’ चौतारालाई २५–९, २५–९ को सोझो सेटमा पराजित गर्दै सेमीफाईनलको यात्रा तय गरेको छ । उता चम्पादेवी गाउँपालिका ‘ए’ र आयोजक सुनकोशी गाउँपालिका ‘ए’ मूलखर्क बिच भएको खेलमा पनि आयोजक मूलखर्कलाई हराउदै चम्पादेवी ‘ए’ सेमीफाईनलमा प्रबेश गरेको छ ।

चम्पादेवी ‘ए’ ले आयोजक सुनकोशी गाउपालिका टिम ‘ए’ लाई २५–१९, २५–२१ को सेटमा पराजित गर्दै सेमिफाईनको यात्रा तय गरेको छ । प्रतियोगिताको सेमिफाईनल र फाईनल खेलहरु आईतवार नै सम्पन्न गरिने आयोजकले जनाएको छ ।

शोमवार बुद्धजयन्तीको अबसर पारेर विविध सांस्कृतिक कार्यक्रममा विशेष प्रस्तुतीका साथ विजेताहरुलाई नगद, शिल्ड, मेडल र प्रमाण–पत्र प्रदान गरिने सुनकोशी गाउपालिका वडा नं. ५ का अध्यक्ष गोविन्दराम तामाङले जानकारी दिनुभयो । समापनका दिन ओखलढुङ्गा जिल्लामा जन्मेर तथा कार्यक्षेत्र बनाएर कार्यरत रहेका र समाजमा विभिन्न तवरले सेवा प्रदान गरेका व्यक्तित्वहरुलाई समेत सम्मान कार्यक्रमको पनि आयोजना गरिएको अध्यक्ष तामाङले जानकारी दिनुभयो ।