नेपाली समय Loading...२०८१ बैशाख ८ शनिबार

अपडेट मूलखर्क कप भलिवल २०७५ ः लिखु गाउँपालिका सेमिफाईनलमा प्रबेश

विवेश श्रेष्ठ, बैशाख १५ मूलखर्क । मूलखर्क कप भलिवल प्रतियोगिता सुरु भएको दोश्रो दिन लिग चरणका ७ खेल सम्पन्न भएका छन् । प्रतियोगितामा सहभागी भएका १२ टिमलाई चार पोलमा विभाजित गरि लिग चरणका खेलहरु सञ्चालन भै रहेका छन् ।

प्रतियोगिताको दोश्रो दिन भएको लिग चरणको खेलमा आफ्नो पोलका दुवै टिमलाई पराजित गर्दै लिखु गाउँपालिका समूह विजेता बन्दै सेमिफाईनलमा प्रबेश गरेको छ । ए पोलवाट उपविजेता बन्दै आयोजक सुनकोशी गाउँपालिका टिम ‘सी’ पनि सेमिफाईनलमा प्रबेश गरेको छ । उता पोल ‘बी’, ‘सी’ र ‘डी’ का लिग चरणका खेलहरु भने शुक्रबार परेकाे असीना र पानीका कारण सम्पन्न हुन सकेनन् ।

बाकी पोलहरुको समूह चरण अन्तर्गत लिग चरणका खेलहरु शनिवार विहानै देखी सुरु भएको छ । मौसमले साथ दिएसम्म सेमिफाईनलका खेलहरुपनि शनिवार नै सम्पन्न गरिने आयोजक सुनकोशी गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष गोविन्दराम तामाङले जानकारी दिनुभयो । प्रतियोगिताको मुख्य निर्णायकको रुपमा नारायणकाजी राई र सुधिर कार्कीले गरिरहनु भएको छ ।

खेलकुद प्रतियोगितालाई बुद्धजयन्तीको दिनको अबसर पारेर बैशाख १७ गते राष्ट्रिय तथा स्थानीय कलाकारहरुको विशेष प्रस्तुतीका साथ समापन गरिने पनि अध्यक्ष तामाङले जानकारी दिनुभयो । समापनका दिन ओखलढुङ्गा जिल्लामा जन्मेर तथा कार्यक्षेत्र बनाएर कार्यरत रहेका र समाजमा विभिन्न तवरले सेवा प्रदान गरेका व्यक्तित्वहरुलाई समेत सम्मान कार्यक्रमको पनि आयोजना गरिएको अध्यक्ष तामाङले जानकारी दिनुभयो ।