नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

मुलखर्क कप अन्तरपालिका स्तरिय भलिवल ओखलढुंगामा सुरु

ओखलढुंगान्युज, बैशाख १३ मूलखर्क । आजवाट ओखलढुंगाको मूलखर्कमा अन्तरपालिका स्तरिय भलिबल प्रतियोगिता सुरु भएको छ । स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने मूल नाराका साथ प्रतियोगिता सूरु भएको हो ।

भलिबल प्रतियोगिताको उद्घाटन गर्दै सुनकोशी गाउँपालिकाका अध्यक्ष रुद्र प्रसाद अधिकारीले खेलाडी राष्ट्रका गहना भएको बताउदै ओखलढुंगा जिल्लावाट पनि सक्षम र नयाँ खेलाडीहरुको उतपादन गर्ने उद्देश्यले प्रतियोगिता सञ्चालन गरिएको बताउनुभयो ।

प्रतियोेगितामा ओखलढुंगा जिल्लाका १ नगरपालिका र ५ गाउँपालिकाका १२ टीमले सहभागीता जनाएका छन् । प्रतियोगितामा जिल्लाका सबै गाउँपालिकाहरुलाई खबर गरिएको भएपनि मानेभञ्ज्यांग गाउँपालिका र खिजिदेम्बा गाउँपालिकावाट भने खेलाडीहरुले सहभागीता जनाएका छैनन् ।

जिल्लामा नै रहेको खेलाडीहरुलाई प्रात्साहन गर्ने र नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगीतामा प्रत्येक टिममा आफ्ना गाउँपालिका भन्दा फरक गाउँपालिकाको टिममा सहभागी भएर समेत खेलमा समाबेश हुन दिईएको छैन । गाउँपालिकाको नामवाट भने एउटै गाउँपालिकाको पनि एकभन्दा बढि टिम बनाएर पनि खेलमा समाबेश गरिएको छ ।

प्रतियोगीतामा १२ टीम भएकोले लिगकम, नकआउटको नियम अनुसार खेल खेलाईने आयोजकले जनाएको छ । खेलका विजयीहरुले क्रमशः नगद ५५ हजार ५ सय ५५, ३३ हजार ३ सय ३३ र २२ हजार २ सय २२ नगद, शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछन् । त्यस्तै खेलका उत्कृष्ट स्पाईकर, डिफेण्डर, लिफ्टर र अनुशासित खेलाडीका लागि पनि मेडल र प्रमाणपत्रको व्यबस्था गरिएको छ ।

खेलका विजेताहरुलाई बैशाख १७ गते बुद्ध जयन्तीको अबसर पारेर पुरस्कार, शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । साथै खेलको समापन तथा वुद्ध जयन्तीको अवसर पारेर जिल्लाका विशिष्ट व्यक्तित्वहरुलाई सम्मान गरिने पनि आयोजकले जनाएको छ । समापन कार्यक्रममा राष्ट्रिय स्तरका कलाकारहरुले विशेष प्रस्तुती देखाउनेछन् ।