नेपाली समय Loading...२०८२ बैशाख ४ बिहीबार

रामेछापको हिमगंगाले जित्यो उपाधि सगै १ लाख ५५ हजार ५ सय ५५

ओखलढुङ्गान्युज, वैशाख ९ गाम्नाङ्गटार । लिखु गाउँपालिकाको गाम्नाङ्गटारमा सञ्चालन भएको खुल्ला भलिबल प्रतियोगिताको उपाधी हिमगंगा युवाक्लब रामेछापले जितेको छ । विजेता भए सगै उसले १ लाख ५५ हजार ५ सय ५५ रुपैया नगद शिल्ड मेडल र प्रमाणपत्र हात पारेको छ । त्यस्तै प्रतिष्पर्धामा दोश्रो हुदै खिजिदेम्बा गाउँपालिका, रावादोलुको टिमले नगद ७७ हजार ७ सय ७७ रुपैया र तेश्रो भएको लिखु गाउँपालिका यसमले ४४ हजार ४ सय ४४ रुपैया नगद शिल्ड मेडल र प्रमाणपत्र हात पारेको छ । आयोजकले भने सान्त्वना स्थानमा चित्त बुझाएको गाम्नाङ्गटारवाट शान्तिराम भट्टराईले जानकारी दिए ।

अनुशासन, पर्यटन प्रबर्धन र सामाजिक सद्भावका लागि खेलकुद भन्ने मूल नाराका साथ भलिबल प्रतियोगिताको आयोजना भएको हो । प्रतियोगिताको उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका नेता एवम् पूर्व सांसद रामहरि खतिवडाले युवाहरुले सञ्चालन गरेको प्रतियोगितामा आफुले सकेको सहयोग गर्ने बचन दिए । विगतका वर्षमा भएका भलिवल प्रतियोगितालाई निरन्तरता स्वरुप आयोजना गरिएको प्रतियोगितामा ओखलढुङ्गा र रामेछापका गरि ८ टिमको सहभागिता रहेको थियो ।

विगतका झै यस पटकको प्रतियोगितालाई सभ्य र भब्य बनाउन भरमजदुर प्रयास गरेपनि राजनितीक गन्धका कारण भनेजस्तो राम्रो कार्यक्रम हुन नसकेको स्थानीयहरुको गुनासो छ । ‘नारा नै अनुशासन, पर्यटन प्रबर्धन र सामाजिक सद्भावका लागि खेलकुद भन्ने भएकोले खेलकुदमा राजनिती हावी हुनुहुन्न थियो । जिल्लामा नै सायद पहिलो पटक यती ठूलो धनराशीको कार्यक्रममा सबैले साथ दिएर सम्पन्न गर्नु पर्नेमा त्यो हुन सकेन । आयोजकले पनि दम्भ देखायो । अलिअलि राजनिती गन्ध पनि मिसियो ।’ एक स्थानीयले नाम उल्लेख नगर्ने भन्दै भने, ‘यो प्रतियोगिता गाउँपालिका कै उचो शिर बनाउने खालको हुनुपर्नेमा त्यो हुन सकेन । जुन दुखद हो ।’

प्रतियोगिताको उद्घाटन गर्न नेपाली कांग्रेस ओखलढुङ्गाका पूर्व सांसद रामहरि खतिवडा पुगेभन्दा बाहेक कार्यक्रमको अबधि भर अन्य राजनितिक दलका नेता तथा कार्यकर्ताहरुले खेलमा खासै उपस्थिती तथा सहयोग रहेको देखिएन । विजेता खेलाडीको टिमलाई चिशंखुगढी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत एवम् स्थानीय सुवास पौडेलले नगद पुरस्कार राशीको चेक, शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गर्नुभएको थियो । प्रतियोगिताको आयोजना भने ओखलढुङ्गेली युवाहरुले काठमाण्डौमा बसेर सञ्चालन गरेको संस्था युथ पावर नेपालले आयोजना गरेको हो ।