नेपाली समय Loading...२०८२ बैशाख ७ आईतवार

भारत भ्रमण यथार्थमै उपलब्धिमूलक रहेको प्रधानमन्त्री वलीको भनाई

ओखलढुङ्गान्युज, चैत २६ काठमाण्डौं
तिनदिने भारतको भ्रमण सकेर नेपाल फर्केका प्रधानमन्त्री केपी ओलीले भारत भ्रमण यथार्थमै उपलब्धिमूलक रहेको बताउनु भएको छ । छिमेकी मित्रराष्ट्र भारतसँग भएको रेल्वे, जलमार्ग र कृषिको आधुनिकीकरण सम्बन्धी सम्झौताले भ्रमण यथार्थमै उपलब्धिमूलक भएको बताउनु भएको हो ।

आइतबार स्वदेश फर्किनु भएका प्रधानमन्त्री वलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै भारतले निर्वाचनमार्फत प्राप्त जनअभिमतलाई स्विकार्दै महत्वपूर्ण तीन सम्झौतामार्फत नेपालसँगको सम्बन्धलाई नयाँ उचाइका साथ अघि बढाउन चाहेको स्पष्ट पार्नुभयो ।

मित्रता खुलस्त, पारस्परिक सार्वभौमसत्ता, स्वतन्त्रता, भौगोलिक अखण्डता, जायज हित र स्वाभिमानको सम्मान, अहस्तक्षेप पारस्परिक लाभका आधारमा हुन्छ । यसलाई बेठीक ढंगले सञ्चालन गर्न खोज्दा वास्तविक मित्रता हुँदैन ।

पत्रकारलाई सम्बोधन गर्दै प्रधानमन्त्री वलीले भन्नुभयो, ‘ हाम्रो वैदेशिक मामिला मित्रताबाट प्रस्थान हुन्छ भनेर भारत जानुअघि संसद् र सार्वजनिक रूपमा भनेको थिएँ । त्यो पुष्टि भएको छ । यसपटक यहाँको लोकतान्त्रिक प्रक्रिया अघि बढेर जसरी सुदृढ भयो, जनताहरुले दिएको अभिमतलाई बोकेर म जसरी गएँ, त्यसलाई भारतले स्वागत गर्यो । काठमाडौं–रक्सौल रेल्वेको कुरा, नदीहरूबाट हामीले आवागमन र यातायातको प्रबन्ध सकेसम्म छिटो मिलाउने कुरा राखेका छौं, त्यसमा मोदीजीको प्रत्यक्ष अभिव्यक्ति आएको छ ।’