नेपाली समय Loading...२०८० चैत्र १५ बिहीबार

चम्पादेवी गाउँपालिकाका वडा अध्यक्ष खत्री पक्राउ

ओखलढुङ्गान्युज, चैत १७ ओखलढुङ्गा । चम्पादेवी गाउँपालिका एक वडा अध्यक्षलाई शुक्रवार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चम्पादेवी गाउँपालिका वडा नं. ४, साविकको फेदिगुठ गाविसका वडा अध्यक्ष कृष्ण बहादुर खत्री रहेका छन् ।

दिउँसै मदिरा सेवन गरेर होहल्ला सगै अमर्यादित कृयाकलाप गरेको भन्दै खत्रीलाई प्रहरीले पक्राउ गरेको हो । खत्रीले शुक्रबार दिउँसै मदिरा सेवन गरेर कार्यालयमा सेवाग्राही र कर्मचारीलाई गालीगलौजका साथै अमर्यादित कृयाकलाप गरेका थिए । खत्रीको त्यस्तो कृयाकलाप बारे स्थानीयले उजुरी गरेपछि नियन्त्रणमा लिईएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक अनन्तराज शर्माले बताउनुभयो ।

‘दिउँसै मदिरा सेवन गरेर कार्यालयमा होहल्ला गरेको भनेर स्थानीयले उजुरी गरेपछि हामीले वडाअध्यक्ष खत्रीलाई नियन्त्रणमा लिएका हौं, उहाँ अहिले प्रहरीको नियन्त्रणमा नै हुनुहुन्छ ।’ प्रहरी प्रमुख शर्माले भन्नुभयो ।

खत्री शुक्रबार दिउँसो मदिरा सेवन गरेर वडा कार्यालय पुगेका थिए । अचेत अवस्थामा भेटिएका उनलाई स्थानीयले प्रहरीमा बुझाएका हुन् । शुक्रबार दिउँसै पक्राउ परेका खत्री अहिले सुनकोशी गाउँपालिका वडा नं. ९ मा रहेको प्रहरी चौकी कोषभञ्ज्याङको हिरासतमा छन् । खत्री सावीकको फेदिगुठ गाविसवाट नेपाली कांग्रेसबाट उमेद्वार भई निर्वाचित वडा अध्यक्ष हुन् ।