नेपाली समय Loading...२०८० चैत्र १५ बिहीबार

सिद्धिचरण नगरपालिकामा शिर्जनशील शाखा

ओखलढुङ्गान्युज, चैत १६ ओखलढुङ्गा ।

ओखलढुङ्गा जिल्लाको सिद्धिचरण नगरपालिकामा सृजनशिल शाखाको स्थापना भएको छ । नगरपालिका तथा त्यस मातहतका सम्पूर्ण विषयगत कार्यालयले प्रदान गर्ने सेवाका किसिम र प्रवाहबारे जानकारी दिने उद्देश्यले सृजनशिल शाखाको स्थापना गरिएको हो ।

सिद्धिचरण नगरपालिकाको कार्यालय सगै सिर्जनशिल शाखाको स्थापना गरिएको छ । सिद्धिचरण नगरपालिका र नगरपालिका अन्तर्गत रहेका विषयगत कार्यालयहरुले दिने सेवा र प्रणालीहरुको बारेमा जानकारी दिने उद्धेश्यले शाखाको स्थापना गरिएको नगरपालिकाका प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

सृजनशिल शाखामा पुस्तकहरुको पनि व्यबस्थापन गरिएको छ । सृजनशील शाखालाई पुस्तकालयको रुपमा पनि विकास गरिने नगर प्रमुख श्रेष्ठले बताउनुभयो । सृजनशिल शाखालाई पुस्तकालयको रुपमा पनि विकासगर्न र अध्ययन गर्ने वानीको विकास होस भन्ने उद्देश्यले सोच नेपालले एक अनौपचारिक कार्यक्रमका साथ केही सामाग्रीहरु हस्तान्तरण गरिको छ ।

सोच नेपाल, पारस्परिक जवाफदेहिता परियोजनाका परियोजना सहायक राजेन्द्र कोईरालाले संस्थाको तर्फवाट उक्त सामाग्री नगरपालिकाका प्रमुख मोहन कुमार श्रेष्ठलाई हस्तान्तरण गर्नु भएको हो । सोच नेपालको तर्फवाट सृजनशील शाखाका लागि १ थान कम्प्युटर, कम्प्युटर राख्ने टेवल कुर्सी, ७५ प्रकारका १ सय ५ थान पुस्तकहरु हस्तान्तरण गरिएको छ । युएसएआईडी र एफएचआई ३६० को आर्थिक तथा प्राविधिक सहयोगमा सोच नेपालले सञ्चालन गरेको पारस्पारिक जवाफदेहिता कार्यक्रम अन्तर्गत उक्त सामाग्रीहरु हस्तान्तरण गरिएको हो ।

सामाग्री हस्तान्तरण गर्दै परियोजनाका परियोजना सहायक कोईरालाले नगरपालिकामा रहेका समुदाय स्तरमा सूचनाको पहुँचलाई बृद्धि गर्ने, नागरिक समाज संस्था, आम सञ्चारमाध्यम र समुदायहरु बीचको सम्बन्ध विस्तार गर्ने तथा अध्ययन गर्ने बानिको विकास गर्ने उद्देश्यले सामाग्री सहयोग गरिएको बताउनुभयो । आगामी दिनहरुमा पनि सोच नेपालले सृजनशिल शाखा ओखलढुङ्गाका लागि आवश्यक पुस्तक तथा पत्रपत्रीकाहरु पनि व्यबस्थापन सहयोग गर्ने सोच नेपाल ओखलढुङ्गाका जिल्ला संयोजक विएन श्रेष्ठले वताए ।

अबका दिनहरुमा नगरपालिका मार्फत प्राप्त गर्नुपर्ने सूचनाहरु पनि यसै सृजनशिल शाखावाट पाउन सकिने गरि व्यबस्थापन गर्न लागिएको पनि संयोजक श्रेष्ठले बताए । सृजनशिल शाखामा अहिले नगरपालिकाले पनि केही पुस्तक, पत्रपत्रीकाहरु सगै इमेल ईन्टरनेटको पनि व्यबस्था गरेको छ ।