नेपाली समय Loading...२०८२ बैशाख ४ बिहीबार

झापा ११ चौथो कटारी मेयर गोल्डकपको सेमिफाइनलमा

ओखलढुङ्गान्युज, चैत १३ कटारी
उदयपुरको कटारीमा जारी रहेको चौथो कटारी मेयर गोल्डकपको सेमिफाइनलमा झापा ११ फुटबल क्लब प्रवेश गरेको छ । शोमबार भएको खेलमा सरस्वती क्लब काठमाडौंलाई २(० गोल अन्तरले पराजित गर्दै झापाले समिफाइनलको यात्रा तय गरेको हो ।

झापाको जीतका लागि अजय राजवंशीले खेलको १३औँ मिनेटमा र ८७ औँ मिनेटमा लक्ष्मण चौधरीले गोल गरे । प्रतिस्पर्धात्मक खेलमा सरस्वतीले गोल गर्ने थुप्रै अबसर पाएको थियो । तर त्यो अबसरलाई झापाका गोलरक्षक मनोज प्रधानले उत्कृष्ट बचाउ गरे र गोल हुन दिएनन् । त्यो सगै झापा ११ ले सेमिफाईनलको यात्रा तय ग¥यो ।

खेलको म्यान अफ द म्याच झापाका गोल रक्षक मनोज प्रधान घोषित भए । उनले नगद पाँच हजार प्राप्त गरे । झापाले अब बुधबार फाइनल यात्राका लागि सहारा क्लब पोखरासँग प्रतिस्पर्धा गर्नेछ । मंगलबार पहिलो चरणको अन्तिम खेल चर्चब्वाइज युनाइटेड र संकटा क्लबबीच हुने आयोजकले जनाएको छ ।