नेपाली समय Loading...२०८१ बैशाख ७ शुक्रबार

गाडीले किचेर ओखलढुङ्गामा एकको मृत्यु

विएन श्रेष्ठ, चैत ८, ओखलढुङ्गा
ओखलढुङ्गावाट च्यानम हुदै मुलखर्क गएको गाडिले ठक्कर दिदा सुनकोसी गाउँपालिका वडा नं. ४ साविकको च्यानममा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा च्यानम कै अन्दाजी ४२ वर्षिय मुकुन्द कटुवाल रहेका छन् । उनलाई ओखलढुङ्गावाट च्यानम हुदै मूलखर्क तर्फ गएको ना ४ ख ४३९४ नम्बरको गाडिले ठक्कर दिएको बताईएको छ ।

मृतक कठवाल ओखलढुङ्गावाट सोही गाडिमा चढेर घर गएका थिए । घटना स्थलवाट करीब २ किलोमिटर पार गरेको अवस्थामा गाडिलाई स्थानीयले नियन्त्रणमा लिएका छन् । गाडि सगै सहचालकलाई पनि नियन्त्रणमा लिईएको सुनकोसी गाउँपालिकाका प्रमुख रुद्र प्रसाद अधिकारीले जानकारी दिनुभयो ।

गाडिका चालक भने फरार रहेका छन् । घटनाको अनुसन्धानका लागि प्रहरी नायव निरिक्षक दल बहादुर बस्नेतको नेतृत्वमा प्रहरीको टोली घटनास्थल पठाईएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका निमित्त प्रमुख टिका कार्कीले जानकारी दिनुभयो ।

घटना बारे थप विवरण भने आउन बाकी छ ।