नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

तिन महिने राडिपाखी बुनाई तालिम सम्पन्न

ओखलढढुङ्गान्युज, फागुन ११ रुम्जाटार ।
ओखलढुंगाको रुम्जाटारमा सञ्चालन भएको तीन महिने राडीपाखी बुनाई तालिम आज सकिएको छ । सीप सिकौँ उद्यमी बनौँ भन्ने मुल नाराको साथ वस्तु विकास सीप क्षमता अभिवृद्धि कार्यक्रम अन्तर्गत तीन महिने तालिम सञ्चालन गरिएको थियो ।

उक्त तालिममा २० जना सहभागीले शीप लिएका थिए । तालिममा सहभागी २० जनालाई नै समापन कार्यक्रममा प्रमाणपत्र प्रदान गरिएको छ । कार्यक्रमको प्रमूख अतिथि सिद्धिचरण नगरपालिकाकी उपमेयर इच्छाकुमारी गुरुङले सहभागीलाई प्रमाणपत्र हस्तान्तरण गर्नुभएको थियो ।

त्यसैगरि तालिममा सहभागी मध्ये ११ जनाले उद्योग समेत दर्ता गरेको आयोजक संस्था घरेलु तथा साना उद्योग विकास समितिका उद्योग अधिकृत कपिल अधिकारीले बताउनुभयो । राडीपाखी उद्योगलाई लोप हुन नदिन तालिम अत्यन्तै महत्वपूर्ण भएको कार्यक्रमका प्रमूख अतिथि तथा अन्य वक्ताले बताउनुभयो ।