नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

सार्वजनिक भयो आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लोगो

ओखलढुङ्गान्युज, फागुन ११ काठमाण्डौं ।
राष्ट्रिय खेलकुद परिषदले आगामी वर्षको मंशिर महिनामा हुने राष्ट्रिय खेलकुद प्रतियोगिताको लोगो सार्वजनिक गरेको छ । आगामी वर्ष अर्थात वि.सं. २०७५ मंसिरमा नेपालगञ्जमा हुने आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि गीत, नारा र मस्कट हात्तीको छावासहितको लोगो सार्वजनिक गरिएको हो ।

आगामी वर्ष नेपालगञ्जमा हुन लागेको राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खेलकुदको लोगोसहित नारा र मस्कट हात्तीको छावा सार्वजनिक गरिएको मध्यपश्चिम खेलकुद विकास समितिका अध्यक्ष भीम ओलीले जानकारी दिनुभयो ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले लोगो, गीत, नारा र मस्कट सार्वजनिक गर्नुभएको हो । आठौँ राष्ट्रिय खेलकुदको नारा ‘आठौँ खेलकुद हाम्रो प्रदेशमा, पसिना र पौरख आफ्नै देशमा’ तय भएको छ । आगामी वर्ष हुने राष्ट्रिय खेलकुदमा भलिबललाई पनि समाबेश गर्ने गरि तयारी थालिएको छ ।