नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

निर्वाचित सांसदलाई सपथ नगराउन कांग्रेस नेता खतिवडाको माग

ओखलढुङ्गान्युज, फागुन ९ काठमाण्डौं ।
ओखलढुङ्गाका पूर्व सांसद तथा नेपाली कांग्रेसका युवा नेता रामहरि खतिवडाले संसद सचिवालयलाई पत्र लेख्दै प्रतिनिधी सभाका एकजना निर्वाचित सांसदलाई सपथ नगराउन माग गरेका छन् । खतिवडाले सिरहा क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद सुरेशचन्द्र दासलाई संघीय सांसदमा शपथ नगराउन माग गरेका हुन् ।

युवा नेता खतिवडाले संसद सचिवालयलाई लेखेको पत्रमा संविधानको धारा ८६ को उपधारा ९१० मा प्रतिनिधि सभा वा राष्ट्रिय सभाको सांसद हुन नेपाली नागरिक हुनु पर्ने संवैधानिक व्यवस्था छ । खतिवडाले यही संविधानको धाराबारे जानकारी गराउँदै विदेशी नागरिकलाई शपथ नगराउन माग गरेका हुन् ।

उनले लेखेको पत्रमा सिराहा क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद दास भारतको बिहार प्रदेशको दरभंगाको ११५ मैथिली साहित्य परिषद, मिश्राटोल साउथ पार्टका बासिन्दा रहेको उल्लेख गरिएको छ । सांसद दासको भारतको दरभंगाको घर नम्बर ३७, सि नम्बर १७५ तथा मतदाता परिचय पत्र नम्बर आइएजी ३७३१८३ उल्लेख छ ।

               रामहरि खतिवडाले स‌सद सचिवालयलाइ लेखेकाे पत्र

कांग्रेसबाट राजनीति सुरु गरेका दास सिरहा –२ बाट माओवादी केन्द्रको तर्फबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन । कांग्रेसले टिकट नदिएपछि दास माओवादी प्रवेश गरे थिए । २०४८ सालमा कांग्रेसबाट सिरहा निर्वाचन क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका हुन् । २०५१ सालमा पनि सोही क्षेत्रबाट निर्वाचित कांग्रेसकातर्फबाट प्रतिनिधिसभामा निर्वाचित भएका दास २०५२ मा स्वास्थ्य राज्यमन्त्री बनेका थिए ।