नेपाली समय Loading...२०८२ बैशाख ७ आईतवार

प्रहरी इन्काउन्टरमा मारिए गुण्डानाइके मनोज पुन

ओखलढुङ्गान्युज, फागुन ९ रुपन्देही ।
मंगलवार राति प्रहरी कार्बाहीमा गुण्डा नाईकेको रुपमा चिनिएका मनोज पुन मारिएका छन् । गुण्डा नाइकेका रुपमा चिनिएका पुन र उनका एक सहयोगी सहित दुई जनाको मंगलबार राति रुपन्देहीमा प्रहरी कारवाहीमा ज्यान गएको हो ।

रुपन्देहीको देवदह–४, भवानीपुरमा आपराधिक गतिविधि गरिरहेको भन्ने सूचनाका आधारमा पुगेको प्रहरी टोलीले सर्चमा पुगेको थियो । घटनास्थलमा पुगेको प्रहरीले चलाएको गोली लागेर पुन र उनका सहयोगी सोम आलेको ज्यान गएको हो ।

प्रहरी टोलीमाथि पुनको टोलीलेआक्रमण गरेपछि जवाफी कारवाहीमा गरेको रुपन्देही प्रहरीले जनाएको छ । प्रहरीको गोली लागेर घाइते भएका दुवै जनालाई लुम्बिनी अञ्चल अस्पताल पु¥र्याईएको थियो । घाईते दुवैलाई लुम्बिनी अञ्चल अस्पताल पु¥याईएपनि उनिहरुको अस्पतालमा नै ज्यान गएको प्रहरीले जनाएको छ ।

युवा संघका रुपन्देही जिल्ला अध्यक्ष दुर्गा तिवारी र युवा संघकै कार्यकर्ता वसन्त पौडेल बलुको हत्या गरेको आरोप उनिहरु माथि छ । त्यही हत्याको आरोपमा झण्डै डेढ वर्षदेखि उनीहरु प्रहरीको खोजी सूचीमा थिए ।