नेपाली समय Loading...२०८१ बैशाख १५ शनिबार

केशव राईका मार्मिक कविता

केशव राई, ओखलढुङ्गा

 

ए आमा !

उनिहरुको जुठोभाडा
माझिसक्यौ ?
बुईगलको मुत
उस्को गनाउने अपुँग
वा ले सफागरिसके ?

छैनभने,
केहिनगर्नुहोला
संशोधन गरेपुग्छ
फेरि फर्कि आएभने
तेसैमा
गर्नुपर्छ स्वागत ।।

स्याउले पाखाजानु
हैरानसिङले
खनेको वङ्कर
पुरियो कि छ ?
भेडावथान तेतालादैनलानु
परिवर्तनको डोवहोत्यो
बथानले कुल्चिएलान
पुरिनसक्छ,

सुधारमात्र गरेपुग्छ
फेरि फर्कि आऐभने
तेसैमा
गर्नुपर्छ स्वागत ।।

सानिमाको सिउदो खालि
छकि सिँदुर स्युदोमा ?
वेपत्ताको निसानि त्यो
कता गयो जिउदोमा
सानिमालाई भन्दिनु

हैरानसिँ
फेरिफर्कि आयो भने
हातका चुरा गन्दिनु
कतागयो जिन्दगि
लेर आईज भन्दिनु ।।

ए बा !
ईष्टकाँ जादैनजानु
मनकलि रुन्छे होलि
घाईते शरीर छुन्छेहोलि
रुँघेमात्र पुग्छवा ।

तेस्लाई भन्दिनु
हरेस कहिल्यै खादैनखानु।
शरीर गोलि छर्राले
पोलेपनि सहनु

हैरानसिङ
फेरि फर्कि आयोभने

अब सचेतरहनु
स्याउलेपाखा जानू
जुठाभाडा अपुँग
तेस्का सफा नगर्नु
संशोधन गरेपुग्छ आमा
तेसैमा गर्नुपर्छ स्वागत ।।

 

 

 

 

 

 

लेखक राई पूर्व प्रतिनिधीसभा सदस्य पनि हुन् ।