नेपाली समय Loading...२०८२ बैशाख ७ आईतवार

नेपालको ४१ औं प्रधानमन्त्रीको रुपमा केपी ओली नियुक्त

ओखलढुङ्गान्युज, फागुन ३ काठमाडौं ।
नेपालको ४१ औं प्रधानमन्त्रीको रुपमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा वली नियुक्त भएका छन् । एमाले अध्यक्ष वली प्रधानमन्त्रीमा नियुक्त भएपछि आजै सपथ लिएका छन् । शीतल निवासमा आयोजित एक समारोहमा ओलीले राष्ट्रपति विद्या भण्डारीसामू पद तथा गोपनियताको सपथ लिएका हुन् ।

विहिवार विहान भएको मन्त्रिपरिषदको बैठक पछि ४० औं प्रधानमन्त्री शेर बहादुर देउवाले प्रधानमन्त्री पदवाट राजिनामा दिएपछि राष्ट्रपति भण्डारीले बिहीबार नै ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् । नवनिर्वाचित प्रधानमन्त्री ओलीले जनताका नाममा सपथ लिए ।

साँझ निर्वाचन आयोगका प्रमुख आयुक्त डा. अयोधिप्रसाद यादवले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रतिनिधिसभातर्फको अन्तिम परिणाम बुझाएका थिए । निर्वाचन परिणाम ढिला बुझाएका कारण पूर्व प्रधानमन्त्री देउवाले बुधवार नै राजिनामा दिन तयारी कार्यक्रम एक दिन पछि सरेको थियो ।

सो परिणाम बुझाएसँगै प्रधानमन्त्री शेरबहादुर देउवाले विहिबार राष्ट्रपति भण्डारीसमक्ष राजीनामा बुझाएका थिए । विहिवार नै वरिष्ठ नेता माधवकुमार नेपालको प्रस्तावमा ओली एमाले संसदीय दलको नेतामा सर्वसम्मत नियुक्त भए । उनी संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रधानमन्त्रीमा चयन भएका हुन् ।