नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

रेडियोको बार्षिक उत्सवको अबसरमा जेष्ठ नागरीकलाई सम्मान र न्यानाे कपडा

ओखलढुङ्गान्युज, माघ १६ ओखलढुंगा

ओखलढुङ्गा जिल्ला कै पहिलो सामुदायीक रेडियो आफ्नो एफएमले विविध कार्यक्रमका साथ आफ्नो १० औं वार्षिकोत्सव मनाएको छ । आफ्नो वार्षिकोत्सवको अवसरमा एफएमले १ सय ५० बढि जेष्ठ नागरीकलाई शोमबार सम्मान गरेको छ ।

वार्षिक उत्सवको अबसर पारेर ओखलढुङ्गा जिल्ला अन्तर्गत सिद्धिचरण नगरपालिका वडा नम्बर ११ र १२ का ७० बर्ष पुरा भई सामाजिक सुरक्षा भत्ता पाईरहेका जेष्ठ नागरिकहरुलाई सम्मान गरेको हो । कार्यक्रममा उपस्थित भएका सहभागी मध्येको जेष्ठ नागरिकलाई कार्यक्रमका प्रमुख अतिथी प्रतिनिधिसभा सदस्य यज्ञराज सुनुवार र आफ्नो एफएमका संयोजक बिजय कुमार मानन्धरले संयुक्त रुपमा खादा सहित न्यानो कपडा कम्बल प्रदान गरि सम्मान कार्यक्रमको सुरुवात गर्नुभएको थियो ।

त्यससंगै कार्यक्रममा उपस्थित ७० बर्ष पार गरि सुरक्षाभत्ता पाईरहेका जेष्ठ नागरिकहरुलाई प्रमुख अतिथी सुनुवार लगायतका अन्य अतिथीहरुले खादा सहित न्यानो कपडा कम्बल बितरण गर्नुभएको थियो । बृद्ध अवस्थामा पनि रेडियोले आफुहरुलाई सम्मान गरेकोमा खुशी ब्यक्त गर्दै बृद्धबृद्धाहरुले रेडियोको उत्तरउत्तोर प्रगतिको कामना ब्यक्त गरेका थिए ।

सम्मान तथा शुभकामना कार्यक्रममा बोल्ने सहभागीहरुले बार्षिक उत्सबको अवसरमा रेडियोले गरेको यास्ता काम प्रसंसा योग्य रहेको बताएका थिए । उनिहरुले ओखलढुंगा जिल्लामा सञ्चारमाध्य नभएको अवस्थामा आफ्नो एफएम स्थापना भई समाजीक कार्यमा नितरन्तर लागीपरेको भन्दै अन्य रेडियोहरुले पनि यसबाट पाठ सिक्नुपर्ने बताएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि तथा प्रतिनिधि सभा सदस्य यज्ञराज सुनुवारले रेडियोलाई शुभकामना दिनुहुदै समाजका बृद्धबृद्धा, अशक्त, अपांगता भएका ब्यक्ति, पिछडिएका ब्यक्ति लगाएतको सबैको साझा आवाज आफ्ना एफएम भएको बताउनुभयो । सुनुवारले आफ्नो एफएम खहरे नभई समुद्र जस्तै सदावाहार भैरहेको भन्दै यस टाकुराको फुललाई सबैले संरक्षण गर्नुपर्ने पनि बताउनुभयो ।

यसअघि रेडियोले बार्षिक उत्सबकै अवसरमा आईतबार जिल्ला कारागारका कैदिबन्दी र सामुदायीक अस्पताल सोब्रुका बिरामीहरुलाई फलफुल तथा पौष्टिक आहार बितरण गरेको थियो ।