नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

तपाई सामाजिक सञ्जालमा गरिएको कुरालाई गोप्य राख्न चाहनुहुन्छ ? त्यसो भए सगुन प्रयोग गर्नुस

ओखलढुङ्गान्युज, माघ १३ काठमाडौं ।
सामाजिक सञ्जालमा तपाई व्यक्तिगत कुराकानी गरिरहनु भएको हुन्छ । सामाजिक संजाल प्रयोगकर्ता प्रेमीरप्रेमिका, आफन्त वा साथीभाइ अर्थात अरु पनि हुनसक्छन् । दुईजनाबीच हुने च्याटमा धेरै कुरा गोप्य हुन्छन् । ती गोप्य कुरा सबै प्रकारको मेसेन्जरमा रेकर्ड भएर बसिरहेको हुन्छ । अब के तपाईलाई सामाजिक सञ्जालमा गरिएको कुराकानी सार्वजनिक हुन्छ कि भन्ने चिन्ता छ ?

च्याट गर्ने दुईबीच सम्बन्ध राम्रै रहेसम्म त ठिकैहुन्छ । तर जब सम्बन्धमा समस्या आउँछ, आफन्त भनिएका दुबैबिच विवाद आउनु थाल्छ अनि गोप्य भनिएका कुरा तिनै सामाजिक सञ्जालमा छरपस्ट हुन पुग्छ । विवादले उत्कर्ष रुप लिदा जुनसुकै दुर्घटना समेत निम्तिन सक्छ ।

भविष्यमा आईपर्ने यस्ता समस्यावाट तपाइ चिन्तित हुनुहुन्छ भने चिन्ता नगर्नुस, अब सामाजिक सञ्जालमा गरिएका यस्ता कुराबाट तपाई डराईरहनु पर्दैन । सामाजिक सञ्जालमा अर्को क्रान्ति गर्दै आईपुगेको छ सगुन । अब सगुनले ढुक्कसँग आफ्ना गोप्य कुरा च्याटमा गर्न सक्ने वातावरण बनाइदिएको छ । तपाईहरु दुई जनाबीच भएका कुरालाई रेकर्ड नराख्ने सिस्टम बनाएको सगुनले जनाएको छ।

सगुनको मोवाइल एपमा गरिएको च्याट साथीले पढीसकेपछि आफैं डिलिट हुने प्रणाली छ । त्यसैका कारणले पनि अहिले परिक्षणका रुपमा भएपनि नयाँनयाँ प्रयोगकर्ताको आकर्षण बढ्दो छ । मोवाईलफोनमा सगुन एप्स डाउनलोड गरि प्रयोग गर्नेको सख्या दिनानुदिन बढेको छ ।

गत जनवरी ९ तारिखका दिन बलिउडकी अभिनेत्री श्रद्धा कपुरले सगुन एपको एक औपचारिक कार्यक्रमका बिच सार्बजनिक गरेकी थिईन् । अमेरिकी सेयर बजारमा मिनी आइपिओ जारी गरेको आइटी स्टार्टअप कम्पनी सगुनले स्मार्ट फोनका पारखीहरुले लामो समयदेखि प्रतीक्षा गरेको मोवाइल एप्स भारतको दिल्लीबाट सार्बजनिक गरेको थियो । दक्षिण एशियाली बजारलाई लक्षित गरेर सगुनले मोवाइल एप्सको विकास गरेको हो । यस एपको प्रयोग गरि पठाइने फोटो, टेक्स्ट, भिडियो लगायतका सामाग्री प्राप्त गर्नेले हेरिसकेपछि आफै डिलिट हुन्छ।

यसमा टुडेज सेक्रेट नामक छुट्टै एपको व्यबस्था गएिको छ । जसबाट हाम्रो दैनिक गोप्य गतिबिधीहरु साथीभाई र परिवारलाई सेयर गर्न सकिन्छ । यस सगुन एपमा दैनिक सेड्युलवा साप्ताहिक सेड्युल बनाउन सकिन्छ । अलइनवन एप जस्तै रहेको यस एपमा मार्केटिङ एप, क्यालेन्डर, मुड टक लगायतका फिचरहरु रहेका छन् । सगुनलाई अन्य सामाजिक सञ्जालको प्रयोगवाट दिक्क भएकाहरुले बैकल्पिकको समाजिक सञ्जालको रुपमा लिएका छन् ।