नेपाली समय Loading...२०८१ बैशाख ७ शुक्रबार

ओखलढुंगाको उच्च हिमाली भेगमा भारी हिमपात

ओखलढुंगा न्युज ११ माघ, ओखलढुंगा . 
ओखलढुंगाको उच्च हिमाली भेगमा भारी हिमपात भएको छ । बुधबार बिहान भएको बर्षाका कारण हिमपात भएको हो । हिमपातले सो क्षेत्रको जनजिबन प्रभाबित बनेको छ ।
हिमपात पछि जिल्लामा एकाएक चिसो ह्वात्तै बढेको छ । चिसोले बिशेषगरी सर्बसाधरण नागरीकलाई प्रत्यक्ष असर पुर्याएको स्थानियले बताएका छन् । जिल्लाको खिजिकाती,खिजिफलाटे,पात्ले,श्रीचौर लगाएतका क्षेत्रमा भारी हिमपात भएको जनाएको छ । जसका कारण सो क्षेत्रका नागरिकहरु घरबाहिर निस्कन नसकेको खिजीफलाटेका स्थानीय मिलन सुनुवारले बताए ।
चिसोका कारण भुकम्प प्रभाबित परिवारहरु बढि मारमा छन् । पानीसंगै परेको हिमपातले जस्ता तथा सिद्राले बारेका टहराहरुमा बस्दै आएका भुकम्प पीडितको दैनिकी कष्टकर बनेको हो । जस्ता तथा सिद्राले बाहारेको टहराहरुमा हिउले ढाकेर सेताम्मे भएको सोहि स्थानका अर्का स्थानिय फडिन्द्र सुनुवारले बताए ।