नेपाली समय Loading...२०८२ बैशाख ७ आईतवार

कृषकहरुलाई खुशीको खबर, अाज राती सम्म देशैभरी पानी पर्ने

ओखलढुङ्गान्युज, माघ १० काठमाण्डौ
आज विहानै देखी काठमाडौं उपत्यका लगायत देशैका धेरै स्थानमा पानी पर्न थालेको छ । यो वर्षको हिउँद लागेपछिको वर्षात भएको पहिलो पटक हो । आज पहिलो पटक जमिन भिज्ने गरी पानी पर्न लागेको मौसमविदहरुले बताएका छन् ।

सामान्यतया हिउँदको सुरुवाती महिनामा नै पानी पर्ने भएपनि यसपाली अलिक ढिलो गरी वर्षा भएको छ । आज देशका पश्चिमी क्षेत्रमा भने जमिन भिज्ने गरी पानी पर्न सक्ने अनुमान रहेको मौसमविदहरुल् बताएका छन् ।

यसअघि काठमाडौं र पश्चिमका केही क्षेत्रमा फाट्टफुट्ट पानी परेको थियो । मौसमविदहरुका अनुसार आज देशभरीकै मौसम बदली भएको छ । यसले गर्दा देशका धेरै ठाउँमा पानी पर्नेछ । आज दिनभरी र रातिसम्म काठमाडौं उपत्यकासहित मध्य क्षेत्र तथा पश्चिमी क्षेत्र र राति पछि पूर्वी क्षेत्रमा प्रभाव पर्ने सम्भावना रहेको मौसम पुर्वानुमान महाशाखा काठमाण्डौले जनाएको छ ।

सुदूरपश्चिमबाट पश्चिमी न्यूनचापीय प्रणाली नेपाल भित्रँदा देशभरीकै मौसम बद्ली भई पानी परेको हो । यो प्रणालीका कारण हिमाली जिल्लामा हिमपात हुने मौसमविदले बताएका छन् । यस बर्ष हिउ नपर्दा सुनसान रहेका हिमाली क्षेत्रका होटल व्यबसायीहरु आज पानी पर्न थालेपछि र हिमपात हुने खबरले खुशी भएका छन् ।