नेपाली समय Loading...२०८१ बैशाख ८ शनिबार

“बोल्ने भन्दा पनि काम गरेर देखाऔं” जिसस प्रमुख श्रेष्ठ

विवेश श्रेष्ठ, माघ २, ओखलढुङ्गा ।
आज ओखलढुङ्गामा पनि विविध कार्यक्रम गरि २० औं राष्ट्रिय भूकम्प दिवस मनाईएको छ । सबल समुदाय र स्थानीय सरकार, भुकम्पीय सुरक्षाको बलियो आधार भन्ने नाराका साथ भुकम्प दिवस देशै भरी मनाईएको छ । ¥यालीपछिको कोण सभालाई सम्बोधन गर्दै जिल्ला समन्वय समितिका प्रमुख जय बहादुर श्रेष्ठले बोल्ने भन्दा पनि काम गरेर देखाउन सबैलाई आग्रह गरेका छन् ।

प्रमुख अतिथिको रुपमा कोणसभामा रहेका जिल्ला समन्वय समिति ओखलढुङ्गाका प्रमुख जय बहादुर श्रेष्ठले यस्तो आग्रह गरेका हुन् । भुकम्प पछिको पुननिर्माणको काममा अन्य जिल्लाको तुलनामा ओखलढुङ्गाले धेरै प्रगती गरेको भन्दै सम्बन्धित सबैलाई धन्यवाद पनि दिए । भुकम्प पछिको पुननिर्माणको काममा सबै मिलेर लागि परौ । पुननिर्माणको काम सफल पार्न जागरुक भएर लागि परौं, असम्भावना भन्ने कुरा केही हुन्न प्रमुख श्रेष्ठले भने ।

¥यालीपछिको कोणसभामा बोल्ने अधिकांश बक्ताहरुले भुकम्प पछि ओखलढुङ्गामा निर्माण भएको आवासमा कानुनी बाधा तथा प्राबिधिक त्रुटीका कारण पिडितहरुले अनुदान समयमा नपाएको बताएका थिए । कानुनी बाधा अड्चनलाई फुकाएर व्यक्तिगत आवास निर्माणका कार्यमा सबै जुट्नुपर्नेमा सहभागीहरुले जोड दिएका छन् ।

कार्यक्रममा भुकम्प पुननिर्माण प्राधिकरणका ओखलढुङ्गाका प्रमुख युवराज खरेलले प्राबिधिक त्रुटीका कारण ओखलढुङ्गामा केही लाभग्राहीहरुले पहिलो किस्ता लिन नसकेको बताए । प्राबिधिक त्रुटीका कारण पहिलो किस्ता रकम पनि प्रदान गर्न नसकिएको अनि उनीहरुको गुनासोको उत्तर पनि दिन नसकेको उनले बताए । सम्बन्धित सबैको चासो भएर आ–आफ्नो स्थानवाट लागि परे भुकम्प पछिका पुननिर्माणका काम पाँच वर्षभित्र सम्पन्न गर्न सकिने पनि खरेलले बताए ।

शहरी विकास तथा भवन डिभिजन कार्यालय ओखलढुङ्गाका प्रमुख सुबास वस्नेतले अन्य जिल्लाको तुलनामा २२ प्रतिशत बढि आवास निर्माणका काम ओखलढुङ्गामा भएको बताए । ओखलढुङ्गामा २० हजार बढि व्यक्तिगत आवास पूर्ण क्षति भएकोमा हाल सम्म करीब १९ हजारले पहिलो किस्ताको लागि सम्झौता गरेको उनले बताए ।

बस्नेतका अनुसार हाल सम्म ओखलढुङ्गामा करीब पाँचहजार घरहरु निर्माण सम्पन्न भैसकेका छन् । हाल सम्म दोश्रो किस्ताका लागि ११ हजार २ सय सिफारिस गरेकोमा ८ हजार १९ जनाले दोश्रो किस्ता लिईसकेको र माघको पहिलो हप्ता सम्म थप १ हजार दुई सय लाभग्राहीको दोश्रो किस्ताका लागि सिफारिस भैसक्ने पनि उनले बताए ।

सिद्धिचरण नगरपालिकाका मेयर मोहन कुमार श्रेष्ठले भुकम्प पछि निर्माण गर्ने व्यक्तिगत आवास गृहको निर्माणका लागि कहिले १७ थरी त कहिले ३५ को नक्शाको डिजाईन आएर समस्या भएको बताए । भुकम्प प्रतिरोधात्मक शब्द नै गलत भएको भन्दै निर्माण भएका कुनैपनि घरहरु भुकम्प आएको बेला ढल्दैन भनेर कसैले पनि ग्यारेन्टि गर्न नसक्ने मेयर श्रेष्ठको तर्क छ ।

बनेको वा बन्ने चरणमा रहेको कुनैपनि घरहरुको भुकम्प आएको बेला लड्दैन भनेर कसैले ग्यारेन्टि गर्न सक्दैन, डिजाईन अनुसारका घरहरु भन्दा पनि कसरी बलियो घर निर्माण गर्न सकिन्छ भन्नेमा सबैको ध्यान जानुपर्छ । श्रेष्ठले भने, स्थानीय सरकारले आफ्नो क्षमता बलियो बनाए मात्रै विपदसँग जुध्न सक्ने समाज निर्माणको क्षमता राख्छ ।

जिल्ला दैवी प्रकोप राहत उद्धार समिती ओखलढुङ्गाका प्रमुख एवम् प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले भुकम्प दिवस भनेको विपत्तीमा कसरी जोगिने र त्यसका लागि कसरी तयारी रहने भन्ने बारेको चेतना मुलक कार्यक्रम भएको बताए । यस्ता कार्यक्रमलाई स्थानीय तहसम्म पु¥याउनु पर्ने बताउदै प्राकृतिक विपदवाट आई पर्ने सम्भावित घटनाको जोखिमलाई कम गर्न र यसवाट बच्न सबै चनाखो भएर लागिपर्नुपर्ने बताए ।

जिल्लामा भुकम्प पछिको पूननिर्माणमा कुनै कानूनी बाधा अड्चन भए केन्द्रिय संसदमा आफुले उठान गरी समस्याको हलगर्न पहलगर्ने प्रतिनिधिसभाका सांसद यज्ञराज सुनुवारले प्रतिबद्धता जनाएको पनि प्रजिअ पन्तले बताए । समस्याको गाठो फुकाउन आफु तयार रहेको बताउदै पिडितहरुले किस्ता रकम नपाएको बारेमा चाही राष्ट्रिय पूननिर्माण प्राधिकरणले अग्रसरता लिन प्रजिअ पन्तले आग्रह गरे ।

आज विहान ओखलढुङ्गा जिल्ला सदरमुकामको जिल्ला समन्वय समितिको कार्यालय अगाडीवाट सुरु भएको ¥याली जिल्ला खाद्य संस्थानको गोदाम अगाडी पुगेर कोण सभामा परिणत भएको थियो । ¥यालीमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका टोलीहरुको सहभागिता रहेको थियो । त्यस्तै सगरमाथा जनता माद्यमिक विद्यालयका विद्यार्थीहरु तथा जिल्लाका केही सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।