नेपाली समय Loading...२०८१ बैशाख ८ शनिबार

आज देखि काठमाडौंमा गाडी गुडाउन पाइँदैन, कहाँ कहाँ ?

ओखलढुङ्गान्युज, माघ २ काठमाडौं ।
आज अर्थात मा २ गते देखी काठमाण्डौका केही स्थानहरमा सवारी साधनहरु प्रवेशमा रोक लगाईएको छ । काठमाडौंका मुख्य भित्री शहरहरुमा (कोर सिटी एरिया) यो नियम लागु गरिएको छ । ती स्थानहरुमा चारपाङ्ग्रे र त्योभन्दा ठूला सवारी प्रवेश निषेधको घोषणा गरिएको छ । कतिपय सडकहरुमा वान-वे सिस्टम लागू हुँदैछ ।

यसभन्दा अगाडी ठमेल र पशुपतिनाथ क्षेत्रमा समेत यो नियम लागु गरिसकिएको छ । अब असनसतिहको भित्री शहरमा चारपांग्रे र त्यो भन्दा ठूला गाडी प्रवेश गर्न निषेध गरिँदैछ । भित्री शहरमा सवारीको चापले परेको असरहरु कम गर्न चारपांग्रे गुडाउनलाई वन्देज लगाउन लागिएको काठमाडौं महानगरपालिकाका प्रशासकीय अधिकृत धनीराम शर्माले जानकारी दिए ।

माघ २ गतेबाट इन्द्रचोकबाट असन, इन्द्रचोकबाट भेडासिंह, ज्याथाबाट त्यौड, ठहिटीबाट असन, कमलाक्षीबाट असन, महाबौद्धबाट असन, इन्द्रचोकबाट बन्टुमा चार पांग्रे सवारी चल्न पाउने छैनन् । भोटाहिटीबाट असनचोकसम्म दुवैतर्फी सडकमा चार पाङग्रे सवारी चलाउन पनि पाइने छैन ।

नरदेवीबाट भेडासिंह हुँदै इन्द्रचोकसम्म वान(वे गरिएको छ । टेंगालबाट बाङ्गेमुढा हुँदै भेडासिंह, इन्द्रचोक पनि एकतर्फी गरिएको छ । क्षेत्रपाटीबाट ठहिटी हुँदै नघःल बांगेमुढा भेडासिंह हुँदै इन्द्रचोकसम्म वान–वे गरिएको छ ।

काठमाडौं महानगरपालिकाका वडा नं १७, १८, १९, २२, २४, २५ र २७ लगायतका भित्री शहरमा चारपांग्रे सवारी निषेधको घोषणा भएको हो । दुईपांग्रे सवारीलाई भने यो नियम लागू गरिएको छैन । नियम नमान्ने सवारी चालकलाई ५ सय देखि १ हजार रुपैयाँसम्म जरिवाना लगाउने ट्राफिक प्रहरीले जनाएको छ ।