नेपाली समय Loading...२०८१ बैशाख ७ शुक्रबार

खप्तड गोल्डकपको फाईनलमा आर्मी र एपीएफ

ओखलढुङ्गान्युज, माघ १ कैलाली ।
धनगढीस्थित क्षेत्रीय रंगशालामा आइतबार भएको दोस्रो सेमिफाइनलमा आयोजक सुदूरपश्चिम–११ लाई २–० गोलले हराउँदै एपीएफ फाइनलमा पुगेको छ । त्यस्तै शनिबार नै भएको पहिलो सेमिफाइनलमा खेलमा साविक बिजेता मनाङ मर्स्याङदीलाई हराउँदै आर्मी फाइनलमा पुगेको थियो ।

शनिवारको खेलमा विजेता बनेका यी दुई विभागिय टिम बिच सुदूरपश्चिम खप्तड गोल्डकप फुटबलको उपाधिका लागि प्रतिस्पर्धा हुने भएको छ । आइतबारको खेलमा पहिलो हाफ सुदूरपश्चिमले एपीएफलाई दवावमा राखेको थियो । यद्यपि गोल गर्ने अवसरमा भने सुदूरपश्चिमका खेलाडीहरु चुकेका थिए । दोस्रो हाफमा एपीएफ खेलमा फर्कियो र २ गोलसहित फाइनल यात्रा तय गर्योा ।

एपीएफका लागि अञ्जन विष्टले ५६औं मिनेटमा पहिलो गोल गरेका थिए । ७५औं मिनेटमा नवीन लामाले एपीएफको अग्रता दोब्बर बनाउँदै फाइनलमा स्थान सुरक्षित गराए । नवीन खेलको म्यान अफ द म्याचसमेत बने ।

खेलपछिको पत्रकार सम्मेलनमा एपीएफका प्रशिक्षक रत्नकाजी श्रेष्ठले घरेलु टोलीलाई पराजित गर्दा फाइनलका लागि मनोबल बढेको प्रतिक्रिया दिए । आर्मी र एपीएफबीचको फाइनल खेल सोमबार दिउँसो धनगढी क्षेत्रीय रंगशालामा हुनेछ ।