नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

कृष्ण धरावासीको ‘ग्रेट अफ द फल्स’लार्इ अनेसास सर्बोत्कृष्ट पुस्तक पुरस्कार

ओखलढुङ्गान्युज, पौष २४, अमेरिका ।
उपन्यासकार कृष्ण धाराबासीले १ हजार ५ सय डलर पुरस्कार पाएकाछन् । उपन्यासकार धरावासीको ‘ग्रेट अफ द पल्स’ वर्ष २०१७ को अनेसास सर्वोत्कृष्ट पुस्तकका रूपमा घोषित भएपछि उनले यो पुरस्कार प्राप्त गरेका हुन् । सर्वोत्कृष्ठ पुस्तक ‘ग्रेट अफ द फल्स’ लार्इ पुरस्कारसहित एक हजार ५०० अमेरिकी डलर प्रदान गरिएको हो ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले हरेक दुई वर्षमा विश्वभरिका नेपाली साहित्यकारहरुका विभिन्न विधाका कृतिलाई यो पुरस्कार प्रदान गर्दै आएको छ । सोही क्रममा एक समारोहको आयोजना गरि अनेसास उत्कृष्ट पुस्तक पुरस्कार २०१७ धरावासीको ‘ग्रेट अफ द पल्स’ उपन्यासलार्इ प्रदान गरिएको हो ।

कार्यक्रममा विभिन्न पुरस्कारद्वारा विश्वभर छरिएर रहेका नेपाली १९ जना साहित्यकारहरूलार्इ सम्मान गरिएको थियो । १९ जना पुरस्कृत हुनेहरुमा अधिकाश उपस्थित भएका थिएनन् । उपस्थित हुनेहरुमा अनेसास शान्तिराम ढकाल अन्तर्राष्ट्रिय नवप्रतिभा साहित्य पुरस्कार शकुन ज्ञवालीको “तिमी र म” कवितासङ्ग्रहलाई प्रदान गरिएको छ ।

यसैगरी अनेसास शिव लामिछाने सर्वोत्कृष्ट छन्दोबद्ध काव्य पुरस्कारका लागि कवि सुदीपभद्र खनालको “भुइँफूलको गीत” कवितासङ्ग्रहलाई दिइएको छ । अनेसास गोबर्धन पूजा अन्तर्राष्ट्रिय भाषासाहित्य पुरस्कारका लागि कवयित्री कल्पना सत्यालको कवितासङ्ग्रह “द विलो” लाई दिएको छ ।

कार्यक्रमका लागि अनेसासका पूर्व पदाधिकारीहरु, अमेरिकाका विभिन्न राज्यहरुबाट आएका पदाधिकारी, साहित्यकार, अतिथि तथा बिभिन्न संघरसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

कार्यकममा बिजेता कृष्ण धरावासीले ग्रेट फल्सले डायसपोरिकलाई समातेको बताए । उनले उक्त पुस्तक जीवन र संघर्षमा आधारित रहेको बताए । उनले अगाडि पुस्तक बारेमा कुरा राख्दै पुस्तक कल्पना र सत्य मिसिएको बताए ।

कृष्ण धरावासीको अंग्रेजी पुस्तक राधा ,बिमला निरौला को सिडी तथा नर्बे बाट आएका बैज्ञानिक संसार एक पाठशाला को समेत बिमोचन गरियो ।