अमेरिकालाई किमको चेतावनी, तिम्रो शहरसम्म ध्वस्त गर्न सक्ने क्षमता हामी सग छ

ओखलढुङ्गान्युज, पौष १९
उत्तर कोरियाली नेता किम जोङ उनले अमेरिकालाई आफूहरुलाई नजिस्काउन चेतावनी दिएका छन् । किम जोङले अमेरिकालाई चेतावनी दिँदै आणविक हातहतियारको साँचो सधैँ आफूसँगै रहेको बताएका छन् । किमले नयाँ वर्षको अवसरमा राष्ट्रवासीका नाम दिएको सम्बोधनमा अमेरिकाको मुख्य शहरसम्म क्षेप्यास्त्र प्रहार गर्न सक्ने क्षमता रहेको दाबी गरेका छन् ।
‘अमेरिकाको सम्पूर्ण मुख्य स्थानहरू उत्तर कोरियाको आणविक हतियारको पहुँचभित्र रहेको छ, त्यसको साँचो सधैँ मेरो कार्यालयको टेबलमै रहन्छ,’ अमेरिकालाई चेतावनी दिँदै किमले भने, ‘यसलाई अमेरिकाले धम्कीका रूपमा नलिई यथार्थको रूपमा लिन आग्रह छ ।’
वर्तमान समयमा उत्तर कोरिया आणविक हातहतियार सम्पन्न राष्ट्रका रूपमा रहेको किमले गर्व गरेका छन् । ‘उत्तर कोरिया आणविक हतियार सम्पन्न एक जिम्मेवार राष्ट्र हो, हामी विश्वमा शान्ति चाहन्छौँ,’ किमले भने, ‘अमेरिकाले अहिलेको अवस्थामा उत्तर कोरियासँग युद्ध लड्न सक्दैन, हामी उत्तेजित नहुँदासम्म आणविक हतियार प्रयोग गर्न चाहेका छैनौँ ।’ किमले सन् २०१८ मा उत्तर कोरियाले थप आणविक हतियार बनाउने जानकारी दिएका छन् ।
श्रोत ः ई–नयाँपत्रिका

