नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

जिल्ला कै टाढा खिजीदेम्बा सडकसञ्जालवाट सदरमुकामसँग जोडियो

विएन श्रेष्ठ, पौष १८, पात्ले ।

ओखलढुङ्गा जिल्ला सदरमुकामवाट जिल्लाको दुर्गम भनिएको गाँउपालिका खिजिदेम्वा गाँउपालिका जोड्ने सडकको उद्घाटन गरिएको छ । शोमबार ओखलढुङ्गाका प्रतिनिधीसभाका माननिय सांसद यज्ञराज सुनुवार र प्रदेशसभा ख ओखलढुङ्गाका माननिय सांसद मोहन खड्का हिमशिखरले सयुक्त रुपमा उद्घाटन गर्नुभएको हो ।

सडकको उद्घाटन गर्दै प्रतिनिधीसभाका माननिय सांसद यज्ञराज सुनुवारले स्थानीय नागारिक र जनप्रतिनिधीहरुको महत्वपूर्ण लगानीमा सडक सञ्जाल जोडिएकोमा धन्यवाद दिनुभयो । सांसद सुनुवारले भन्नुभयो,“सरकारी निकायले लगानी गर्ने मात्रै हो । काम सबै स्थानीयले नै गर्नुपर्छ ।

यो सडकको उद्घाटन भएसगै खिजिदेम्वामा थप विकासको ढोका खुलेको छ । अब यो खिजिदेम्बा गाँउपालिकालाई नमूना गाउपालिका बनाउने तर्फ मेरो जोड हुनेछ ।” सुनुवाले थप्नुभयो, “त्यसका लागि तपाईहरुको साथ र सहयोगको निरन्तर अपेक्षा गर्दै विशेष गरि वडा नं। ९ का वडा अध्यक्ष पासी शेर्पा र सडकका अध्यक्ष पेम्बा शेर्पालाई धेरै धेरै धन्यवाद ।”

त्यस्तैगरि प्रदेशसभा ख का सांसद माननिय मोहन खड्का हिमशिखरले भन्नुभयो, “हिजका जिल्ला प्रशासकहरुले जिल्लाका कुनै कर्मचारीलाई कार्बाही गर्नुप¥यो र धम्क्याउनु प¥यो भने चुप्लु दोराखर्क पठाईदिन्छु भन्ने गर्थे । अब यो पनि जिल्लाका सडक सञ्जालसग जोडि सकेको छ । अबका दिनमा यस खिजिदेम्बा गाँउपालिकालाई नमुना गाँउपालिकाको रुपमा विकास गरि प्रशासकहरुले कर्मचारीलाई हैन उनीहरु आफै म चुप्लु दोराखर्क जान्छु भन्ने गरि विकास निर्माणका काम यहाँ हुनेछ । तपाईहरु योजना ल्याउनुस, त्यस कार्यका लागि हामी ओखलढुङ्गाका तिनै जना माननियहरु तपाईहरुको साथमा हुनेछौं ।”

सडकको संयुक्त उद्घाटन गरिएसगै ओखलढुंगाको खिजीदेम्बा गाँउपालिका सदरमुकामसँग सिधा सडक सञ्जालमा जोडिएको छ । माननिय सांसदद्वयले संयुक्त उद्घाटन गरे सगै शोमवारदेखी खिजीदेम्वा गाँउपालिका पनि औपचारिक रुपमा ओखलढुङ्गा सदरमुकाम सग सिधा सडक सञ्जालले जोडिएको हो । जिल्लाको पश्चिमी विकट मानिने खिजीदेम्बा गाँउपालिका सिधा सडक सञ्जाल मार्फत सदरमुकामसँग जोडिएको हो ।

सडकको उद्घाटन सगै खिजीफलाटे, चुप्लु भञ्ज्याङ्ग, साबिक पात्ले गाबिसको तावर, दोराखर्क, खुन्दुर्के हुँदै सोलुखुम्बुको झाँप्रे, धाप देखि सिद्धिचरण राजमार्गमा जोडिएको हो । सडकको उद्घाटन पछि खुशी हुदै खिजिदेम्बा गाँउपालिका ९ की ल्हामु शेर्पाले भनिन्, “अब त हामीलाई पनि काठमाण्डौं जान र सदरमुकाम जान सजिलो भयो । बाटो नपुग्दा गाडी गुड्ने ठाँउसम्म पुग्न एक महिना अगाडी सम्म एक दिन पुरै लाग्थ्यो । अब त अलिक महंगो भएपनि गाँउवाटै गाडि चढ्न पाईन्छ ।”

त्यस्तै खिजिदेम्बा गाँउपालिका ९ कै फुर्वा शेर्पाले पनि खुशी हुदै भने,“कोही विरामी भए भगवानको नाम जपेर बस्नुपथ्यो । यहाँ कै केही युवा ट्रेकिङ पेशामा काम गर्ने पनि छन् । उनीहरुले केही कमाएका पनि छन् । पैसाहुनेले हेलिकप्टर झिकाएर उपचारमा लैजान्थे । हामी मरेको मरेकै । अब चाही गाँउमा नै गाडी आयो । उपचार गर्न पनि गाडी चढेर जान पाईने भइयो ।”

खिजीदेम्बा गाँउपालिकाको वडा नं ९ पात्लेमा यसवर्ष गाउँपालिकाको चालु आर्थिक वर्षको बजेट र स्थानीयको श्रमदान तथा ऋणबाट ५ किलो मिटर सडक निर्माण गरिएसँगै खिजीदेम्बा सदरमुकामसँग सिधा सडक सञ्जालमा जोडिएको सडक निर्माण समितिका अध्यक्ष पेम्बा शेर्पाले बताउनुभयो । अध्यक्ष शेर्पाका अनुसार यसवर्ष गाउँपालिकाको ७ लाख बजेट र श्रमदान तथा ऋणबाट मोलुङ खोला देखि फाक्से सम्म सडक निर्माण गरिएको हो ।

सडक बिस्तार भएसँगै सदरमुकाम देखि पालिकाका विभिन्न स्थान सम्म आजभोलि दैनिक सवारी सञ्चालनमा आएका छन् । यो सडक सञ्जाल जोडिनु अघि सिधा सडक नजोडिदाँ यहाँका नागरिकलाई तीन छिमेकी जिल्ला घुमेर सदरमुकाम सम्म आवत जावत गर्नुपर्ने बाध्यता थियो ।

सिधा सडक सञ्चाल जोडिएसँगै स्थानीयलाई २ दिन लगाएर विगत जस्तो रामेछापको मन्थली, सिन्धुलीको खुर्कोट र उदयपुरको घुर्मी घुम्नुपर्ने बाध्यता हटेको छ । सडक सञ्जाल जोडिएपछि खिजीफलाटेबाट ४ देखि ५ घण्टामा सदरमुकाम आउन सकिन्छ ।