नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

कांग्रेसले क्रमसख्या मिचेर समानुपातिक सूचि पेश ग¥यो

ओखलढुङ्गान्युज, पौष १८ काठमाडौं ।
नेपाली कांग्रेसले आफ्नो भागमा परेको समानुपातिक कोटामा क्रमसंख्या मिचेर सूचि पेश गरेको पाईएको छ ।

यस्तो पाईएपछि निर्वाचन आयोगले नेपाली कांग्रेससहित ६ राजनीतिक दलले बुझाएको प्रदेशसभाको समानुपातिकको सूची त्रुटीपूर्ण भएको ठहर गरेको छ । अब बिहीवार सम्मको समय दिएर प्रस्तावित नामावली सच्याउन पत्राचार गरिने आयोगले बताएको छ ।

आयोगको सोमबार बसेको बैठकले कांग्रेस, राजपा, संघीय फोरम नेपाल, राष्ट्रिय जनमोर्चा, राप्रपा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको सूची त्रुटीपूर्ण ठहर गरेको हो ।

६ दलले पठाएको नामावलीमा क्रमसंख्या मिचेको, समावेशी समूह नमिलेको, महिलाको ठाउँमा पुरुष पडाएको जस्ता त्रुटी भेटिएको आयोगका प्रवक्ता सहसचिव दिनेश घिमिरेले जानकारी दिए । उनले भने, ‘३ दिनको समय दिएर मंगलवार पत्र पठाउँछौं र सच्याएर आएपछि मात्र अन्तिम परीणाम घोषणा हुन्छ ।’